०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

आईजिपी बसन्त बहादुर कुँवरद्वारा प्रहरी अस्पतालको निरीक्षण

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरु व्यक्तिगत स्वार्थ भन्दा पनि पेशागत स्वार्थलाई आत्मसात गरी ऐक्यबद्ध भई उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जको बिहीबार निरीक्षणपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई उक्त कुरा बताएक हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्याहरूलाई सम्बोधन गर्दै अझ शिष्ट बोली वचन एवं व्यवहार तथा सकारात्मक सोँचका साथ जिम्मेवारी वहन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । उनले अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवं सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रवाभकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक कुँवरले सीमित साधन स्रोत एवं विज्ञ जनशक्तिका वावजुद पनि अस्पतालले प्रवाह गरेको सेवा प्रशंसनीय रहेको उल्लेख गर्दै अस्पतालको लक्ष्य हासिलको लागि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गरी सम्पादन गर्नुपर्ने बताए ।

निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालस्थित अक्सिजन प्लान्ट, इमरजेन्सी विभाग, जेष्ठ प्रहरी अतिथि गृह, पूर्वप्रहरी अधिकृत प्रतिक्षालय, नेपाल प्रहरी

अस्पताल स्कुल अफ हेल्थ साइन्सेज, मेडिसिन ओपिडि, मेस, डायलायसिस, विभिन्न वार्डहरूलगायत विभिन्न यूनिटहरूको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए । साथै, उनले अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरू एवम् उपचाररत विरामीहरूसँग अन्तरक्रिया समेत गरेका थिए ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालको विकास र सेवा विस्तारको लागि संगठन प्रमुखबाट प्राप्त महत्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!