०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

शिक्षा अधिकृत पाण्डेमाथि हातपात गर्ने शान्तिनगर गाउँपालिका वडाध्यक्ष पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०८०

(ABC-Sanchar)
दाङ । शिक्षा अधिकृतमाथि हातपात गरेको आरोपमा दाङको शान्तिनगर गाउँपालिका-२ का वडाध्यक्ष सुनिल वली पक्राउ परेका छन्।

उनलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन गौतमले बताए। शान्तिनगरकै शिक्षा अधिकृत सुमन पाण्डेमाथि हातपात गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको डीएसपी गौतमको भनाइ छ। उनलाई घोराही उपमहानगरपालिका-१० बाट पक्राउ गरिएको हो।

वडाध्यक्ष वलीले बिहीबार गाउँपालिकाको कार्यालयमा प्रवेश गरेर शिक्षा अधिकृत पाण्डेमाािथ हातपात गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले वडाध्यक्ष वलीलाई पक्राउ गरी कानूनी कारबाहीको माग गरेका थिए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काका अनुसार वडाध्यक्ष वलीले शिक्षा शाखामा प्रवेश गरी सरकारको सशर्त बजेट अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय सिमसुन्दरपुरमा कार्यान्वयन हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल मगाएका थिए।

त्यसमा विवाद भएपछि वडाध्यक्ष वलीले शिक्षा अधिकृत पाण्डेमाथि हातपात गरेका थिए। छलफल चलिरहेकै वेला वडाध्यक्ष वलीले कार्यक्रमसँग सम्बन्धित सम्झौताको फाइल नै च्यातेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए।

यसअघि पनि उनले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत खड्कामाथि हातपातको प्रयास गरेका थिए। त्यतिवेला उनले माफी माग्दै फेरि यस्तो कामकाज नगर्ने वाचा गरेका थिए।

अहिले फेरि वडाध्यक्षमाथि हातपात गरेपछि प्रहरीले पक्राउ गरेको हो। वडाध्यक्ष वलीसँग जिल्ला प्रहरी कार्यालयमा सोधपुछ भइरहेको डीएसपी गौतमले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!