०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

जवान र हवल्दारको स्वेच्छिक अवकास १६ वर्षे गरिनुपर्छ : नेता रवि लामिछाने

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले नेपाल प्रहरीमा जवान र हवल्दारको स्वेच्छिक अवकासलाई १६ वर्षे गरिनुपर्ने बताएका छन्।

यस्तै जुनियर अधिकृतहरूको १८ वर्षे र सिनियर अधिकृतको २० वर्षे गरिनुपर्ने उनले बताए।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उनले सो सुुझाव दिएका हुन्।

उनले भने, ‘ प्रहरी जवान र हवल्दारको स्वेच्छिक अवकासलाई १६ वर्षे गरिनुपर्छ। जुनियर अधिकृतहरूको १८ वर्षे र सिनियर अधिकृतको २० वर्षे गरिनुपर्छ। २० वर्षपछि मात्र पेन्सन पाउने व्यवस्था गरिनुपर्छ।’

यस्तै फरक प्रसंगमा उनले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताए। सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा पारेको उनको भनाइ छ।

उनले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहनेभन्दा पनि सरकार टिकाउनमा बढी अलमलिएको आरोप लगाए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणका लागि विशेष समितिको माग गरे। सांसद लामिछानेले तरकारीको विषादी परीक्षण गर्न माग गरे।

बजेटमा संशोधन हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘सत्तारूढ दलका सांसदले नै बजेट ठीक छैन भन्नुभएको छ। तर सरकारमा सहभागी भएका आधारमा पास गर्नुपर्छ भन्ने संस्कार गलत छ, सच्याइयोस्।’

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यान आर्कषण गराउँदै बढ्दो कालोबजारी र खुल्ला सीमामा बढ्दो तस्करी नियन्त्रण गर्नुपर्ने माग गरे।

उनले आर्थिक अवस्थाको वास्तविक मूल्याङ्कनबाट राजस्व प्रक्षेपण गरी संशोधन प्रस्ताव ल्याउन अनुरोध गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!