
(सागर थापा)
कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आई जिल्लाको शान्ती सुरक्षा, प्रहरी जनशक्ति, अपराधिक घटना अवस्था तथा वस्तुस्थिति लगायत विषयहरुमा जानकारी लिनु भएको थियो ।
रुपन्देही प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत अन्य प्रहरी कर्मचारीहरुलाई काम कर्तव्य अधिकार
र शान्ती सुरक्षा सम्बन्धमा आवश्यक निर्देशन दिन भएकोमा लुम्बिनी प्रदेश
प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।