२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

दाङ प्रहरी कर्मचारीलाई नेपाल पत्रकार महासंघ दाङको मिडिया सारक्षता कार्यक्रम

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०८०

(सागर थापा)

दाङ । जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा नेपाल पत्रकार महासंघ दाङको आयोजना एवं जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोकार्यक्रममा

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओली,लगाएतका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा बिभिन्न मिडियामा आवद्ध पत्रकारहरुको आतिथ्यतामा कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागितामा मिडिया सारक्षता कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सहभागिता हरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष पोख्रेलले मिडिया सारक्षता सम्बन्धमा प्रशिक्षण तथा अन्य अतिथीहरुला मिडियाको आचारसंहिता, मिडियाको दायित्व लगायत विषयमा जानकारी दिनुको साथै दाङ प्रहरी प्रमुख एसपी वलीले आयोजना पत्रकार टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]