२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

आइजिपी कुँवरलाई रुपन्देहीका एसपी विकको चुनौती घुमुवा राखेर पैसा असुली

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०८०

 

ABC (क्राईमबिट)

रुपन्देही । प्रहरी प्रधान कार्यालयले काजमा रहेका वा सरुवा बढुवा भई
अन्यत्र पदस्थापन भइसकेका प्रहरी कर्मचारीलाई यथाशीघ्र आ–आफ्नो दरबन्दीमा हाजिर हुन निर्देशन दिए पनि त्यसको रुपन्देहीमा अवज्ञा हुने गरेको पाइएको छ ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीमा आन्तरिक सुदृढीकरण ल्याउने तयारी स्वरूप अन्यत्र दरबन्दीका प्रहरी कर्मचारीलाई यथाशीघ्र फिर्ता रमाना गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिए पनि त्यसको दुई महिना बितिसक्दा समेत रुपन्देही प्रहरीमा पालना भएको छैनन् ।

सोर्सफोर्स भएका र हाकिमलाई चाकडी गर्न सक्नेलाई थमौती गर्ने र नसक्नेलाई दरबन्दीमा फिर्ता गरेर भेदभावपूर्ण कार्य गर्ने क्रम यहाँ चलिरहेको छ ।

कार्यक्षमतामा अत्यन्तै कमजोर मानिने रुपन्देहीका प्रहरी उपरीक्षक भरतबहादुर विकले इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ दरबन्दीका प्रहरी सहायक निरीक्षक मिलन जिसीलाई काखी च्याप्ने काम गर्दै आएका छन् ।

अनुसन्धान अधिकृत नभएको भनी अनेक बहाना पारी जिसीलाई दरबन्दीमा रवाना गर्न एसपी बिक स्वयमले नै मानिरहेका छैनन् । एसपी सिंहले विशेष परिस्थितिका कारण र प्राविधिक जिम्मेवारीमा रहेकाले जिसीलाई रमाना नगरिएको बताएका छन् ।

आइजिपी कुँवरको निर्देशन अनुसार अहिले प्रायः अधिकांश जिल्लाका प्रहरी कर्मचारीहरूले रमाना बुझी आफ्नो दरबन्दी गइसके । तर, ४ वर्ष देखी कहिले चौकी इन्चार्ज त कहिले क्राइम इन्चार्ज बस्दै आएका असई जिसीलाई भने थमौती दिइरहेका छन् ।

यसअघि प्रहरी सहायक निरीक्षक जिसीको कमान्डमा प्रहरी सहायक हवलदार निवासबहादुर सिंह क्षेत्री, प्रहरी जवान मनोज यादव थिए । प्रहरी जवान यादवलाई अहिले इप्रका रुद्रपुर पठाइएको छ । उनी अहिले ७ दिनको घर बिदामा छन ।
त्यस्तै, घुमुवामा प्रहरी सहायक हवलदार अजय कुँवर, अनिल रायमाझी, भोजराज गुरुङ थिए । प्राविधिकका गुरुङलाई इलाका प्रहरी कार्यालयबाट तानेर जिल्लामा घुमुवा खटाइएको भन्दै एसपी बिक बिवादमा तानिएपछि उनलाई जिप्रका रुपन्देहीको सञ्चारमा खटाइएको छ । अर्का घुमुवा द्वय कुँवर र रायमाझी भने दस दिनको बिदामा छन् ।

आफू विरुद्ध असार ४ गते तालुक कार्यालयमा उजुरी परेपछि आत्तिएका असई जिसीले असार ६ गते उजुरी हाल्ने व्यक्तिलाई रुपन्देही झिकाउँछु, कल डिटेल निकाल्छु भन्दै हिँडेको रुपन्देही प्रहरी स्रोत बताउँछ । एसपीकहाँ कल डिटेल निकाल्नसमेत उनले अनुरोध गरेको स्रोतले बताएको छ । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]