०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

कञ्चनपुरमा दूषित पानी पिउन बाध्य स्थानीय सरकार भने बेखबर किन?

Logo
प्रकाशित सोमबार, आषाढ ११, २०८०

(ABC-Sanchar)

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नौखरी खत्री टोलका १० परिवार डेढ दशकदेखि खोलाको दूषित पानी पिउँदै आएका छन्। बस्तीमा नल्का गाड्न नसक्दा खत्रीटोलका वासिन्दा गौंडी खोलाको बर्सातको धमिलो पानी पिउन बाध्य भएका हुन्। खोला छेउ सानो खाल्डो खनेर टोलका वासिन्दाले खानेपानीको जोहो गर्दै आएका छन्।

वर्षौं पहिले दातृ निकायले टोलमा गाडेको नल्काबाट पानी आउन छाडेपछि खोलाको पानी पिउँदै आएको स्थानीय भक्तबहादुर खत्रीले बताए। ‘टोलमा बसोबास गर्ने सबै परिवारको आर्थिक अवस्था नाजुक छ,’ उनले भने, ‘मजदुरी गरेर चुलोमा आगो बल्ने गरेको छ, नल्का गाडने पैसा जुटाउन नसक्दा खोलाको पानी पिउनुपरेको छ, १५० फिटभन्दा तलसम्म नल्का गाड्नुपर्छ। त्यसका लागि १ लाखभन्दा बढी खर्च हुन्छ, नल्का गाड्ने आवश्यक रकमको जोहो मिलाउन सकेका छैनौं।’

विक्रम संवत् २०६५ सालदेखि खानेपानीका लागि दातृदेखि सम्बन्धित सरकारी निकायसम्म गुहारे पनि खानेपानीको समस्या समाधान हुन नसकेको उनले बताए। नयाँ संविधान जारी भएपछि पहिलोपटक स्थानीय तहको निर्वाचन हुन लाग्दा जनप्रतिनिधिले खानेपानीको समस्या समाधान गर्नेमा टोलका वासिन्दा ढुक्क थिए।

‘नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षका उम्मेदवारले चुनाव जितेपछि समस्या समाधान गर्ने निकै आश्वासन दिएकै हुन्,’ दलबहादुर खत्रीले भने, ‘वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुनेमा आशावादी थियौं, चुनाव सकियो, खानेपानीका लागि हेण्डपम्प गाड्नका लागि प्रस्तावसहित वडा कार्यालयदेखि नगरपालिकासम्म पटक–पटक पुग्यौं सुनुवाइ भएन।’ -रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!