०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

सुन ब्यापारीसंग घुस लिएको आरोपमा निलम्बित डिएसपी ठगबहादुरको जागिर चैट हुने

Logo
प्रकाशित सोमबार, आषाढ ११, २०८०

ABC (क्राईमबिट)

काठमाडौँ । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई गृह मन्त्रालयले बर्खास्त गर्ने तयारी गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार उनलाई भोलि सचिवस्तरीय निर्णयले बर्खास्त गर्ने तयारी गरेको छ ।

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले यसअघि केसीलाई जागिरबाट बर्खास्त गर्न गृहमन्त्रालयमा पत्र पठाएको बताए । उनलाई मन्त्रालयले २०७९ पुष १४ गते निलम्बन गरेको थियो । केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो ।

सीआईबीको टोलीले डीएसपी केसीलाई बुटवलस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो भने उनको निवासबाट ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]