०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मेटिदै जनयुद्धको निशानी,माओवादी नेता बेखबर,शान्ति स्मारक संरक्षणमा रुन्टीगढीको सौतेलो व्यबहार किन?

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

(नन्दराम खड्का)

रोल्पा । तत्कालीन बिद्रोही पक्ष नेकपा माओवादीले २०५२ शाल फाल्गुन १ गते रोल्पाको होलेरीमा रहेको प्रहरी चौकी आक्रमण गरेर देशभर जनयुद्धको घोषणा गरेको थियो।होलेरी बजारको उत्तरी भागमा रहेको तत्कालीन प्रहरी चौका आक्रमण गरेर शुरूवात गरेको जनयुद्धले पछि भयंकर रुप लियो।द्वन्द अविराम १० बर्षसम्म चल्यो।यहि स्थानमा रहेको चौकि माओवादीबाटै २०५८ शालमा पुनः आक्रमण गरिदा सेना परिचालनक बिषयलाई लिएर तत्कालीन प्रधानमन्त्री गिरिजा प्रशाद कोईरालाले राजिनामा समेत दिनु परेको थियो।शान्ति सम्झौता पछिपनि परिबर्तनको एक महत्वपूर्ण बिन्दु रहेको ऐतिहासिक स्थल होलेरीलाई माओवादीकै नेताहरू सत्तामा रहदा समेत महशुस हुने गरि बिकासमा कुनै चासो देखाएनन्।जनयुद्धको उद्गम स्थल संरक्षणमा समेत कसैको ध्यान पुग्न सकेन।त्यहाँ भग्नावशेष अवस्थामा रहेको संरचनाहरुबाट एकपछि अर्को गर्दै ढुङ्गा निकालेर लगिए।बर्षौँसम्म ऐतिहासिक स्थल संरक्षणमा कसैको ध्यान पुगेन।२०७४ को निर्वाचनपछि भने संघीय सरकार र स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त स्थलमा सहिदहरुका सम्मान तथा ईतिहासको निशानीका रुपमा शान्ति स्मारक निर्माण गरियो।वरीपरी गोलाकार पर्खाल निर्माण भित्र सुन्दर स्तम्भ तयार गरियो।स्तम्भमा तत्कालीन बिद्रोही पक्ष माओवादी र राज्य पक्षबाट ज्यान गुमाएका शहिदहरुका नाम लेखियो।यस स्थानमा आकर्षक तथा सुन्दर स्मारक निर्माण गरियो।स्थानिय सहिद परिवारले पनि केहि हदसम्म न्यायको महशुस गरे।अन्य स्थानियहरु पनि स्मारकमा घुम्न जाने तथा फोटो खिच्ने गर्छन्।पछिल्लो पुस्ताका जिज्ञासुहरुले त्यहाँ लेखिएको ईतिहास पढ्ने तथा यथार्थ जानकारी प्राप्त गर्ने गर्छन।शहिदमार्ग हाईवे नजिकै भएकाले यात्रु तथा पर्यटकले सवारी रोकेर फोटो खिच्ने तथा जानकारी लिने समेत गर्थे।तर पछिल्लो समय संरक्षण गर्न कसैले चासो नदिदा यहि शान्ति स्मारिका दिनानुदिन भत्कन थालेको छ।सुन्दरता कुरुपता परिणत हुँदैछ।एक बिशाल ईतिहासको निशानी मेटिदै गैइरहेको छ।देश परिबर्तन गर्न ज्यान बलिदान दिएका सहिदहरुका नाम पनि मेटिदै गैइरहेको छ।तर संरक्षणमा स्थानिय माओवादी नेता देखि स्थानीय सरकार रुन्टीगढी गाउँपालिकालाई कुनै चासो छैन।रुन्टीगढी गाउँपालिका र शान्ति स्मारिकाको दुरी करिब ३/४ सय मिटरको मात्र छ।तर इतिहासको निशानेद संरक्षण र सहिदका सम्मानका लागि मेटिदै गरेको उनिहरुको नामको रक्षा गर्ने जिम्मेवारीको बोध कसैलाई छैन।
स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाका प्रमुख बालाराम बुढा हुँदा निर्माण भएको थियो।तत्कालीन उर्जा जलश्रोत तथा सिचाई मन्त्री हालका संघिय सांसद बर्षमान पुन(अनन्त)र पालिका अध्यक्ष बुढाले संयुक्त उद्घाटन गरेका थिए।इतिहास राष्ट्रको हो तर सम्पत्ति स्थानिय सरकारको हो।तर बिडम्बनाको कुरो शान्ति स्मारिका अहिले जनक पुन नेतृत्वको स्थानीय सरकारले संरक्षण गर्न सकिरहेको छैन।

किन भत्कियो शान्ति स्मारिका
रोल्पाबाटै नेकपा माओवादीका नेताहरू शान्ति सम्झौतापछि लगातार सत्तामा छन्।उनीहरुले होलेरी र यो स्थानलाई फर्केर हेरेका छैनन्।बनाईएका संरचना समयसंगै भत्कनु स्वभाविक हो तर संरक्षणमा सबैभन्दा नजिकको स्थानिय सरकारले कुनै चासो देखाएको छैन।तत्कालिन जनयुद्धलाई राज्यलाई राष्ट्रिय स्तरबाटै सम्बोधन गरेर देशमा शान्ति सम्झौता भएको थियो।तर राष्ट्रिय ईतिहासको निशानी संरक्षणमा स्थानिय सरकारले सौतेलो व्यबहार देखाई रहेको माओवादी पुर्व लडाकुहरुको दुखेसो छ।

शान्ति स्मारिकाको महत्व के?

इतिहास आफैमा इतिहास हो।यसलाई मेट्न तथा बङ्ग्याउँन सकिदैन।१० बर्ष अविराम चलेको जनयुद्धमा देशभर १७ हजारले ज्यान गुमाएका छन्।कयौं बेपत्ता तथा हजारौं घाइते,अपाङ्ग छन्।यहि जनयुद्धकै बलमा जनताकै छोराछोरी राष्ट्र अध्यक्ष हुन पाउँने ब्यबस्था नेपालमा गणतन्त्र स्थापना गरिएको थियो।युद्व थियो स्वभावैले क्रुर र हिंस्रक तथा क्रुर थियो।शान्ति सम्झौतापछि पनि लामो समयसम्म जनता त्रसित बनिरहेका थिए।शान्ति स्मारक निर्माण गरेर इतिहासको निशानी जिवित राख्दै देशभर शान्तिको संदेश प्रावाह गरिएको थियो।शहिदहरुका नामावली सहितको विवरण लेखेर उनीहरुको सम्मान गरिएको थियो।इतिहासका एकएक घटना क्रम सार्वजनिक गरिएको थियो।रोल्पालाई शान्ति क्षेत्रको संज्ञा दिईएको थियो।आन्तरिक तथा बाईह्य पर्यटकहरु यहाँ अवलोकन,अध्यन तथा भ्रमण आउँन सक्ने संभावना थियो र राष्ट्रिय अन्तराष्ट्रिय रुपमा रोल्पा र होलेरीको नाम विशेष रुपमा प्रचारप्रसार गर्न सकिने संभवना उच्च थियो।

इतिहासको निशानी मेटिन लाग्दा समेत कसैलाई चासो नहुनु आफूहरुका लागि निकैनै दुखदायीको बिषय रहेको स्थानिय सहिद परिवारहरुको गुनासो रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आशंकामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले काठमाडौंका विभिन्न ठाउँबाट ५ जनालाई नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार हत्या गरिएको अवस्थामा मनमैजुमा भेटिएको थियो । उनी ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा हत्या भएको थियो […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता […]