०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

नेपाल प्रहरीको इन्सपेक्टर सरुवामा बिचौलियाहरु पैसा उठाउनमा ब्यस्त

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । बिचौलियाको चलखेलका कारण नेपाल प्रहरीमा चैतमा हुनुपर्ने इन्सपेक्टरको सरुवा अझै हुन सकेको छैन । अवकाशको मुखमा तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ठूलो मात्रामा इन्सपेक्टरको काज सरुवा निकालेका थिए ।

अघिल्लाे सरुवा मापदण्डविपरीत धेरै जना इन्चार्जमा गएका थिए । मापदण्डविपरीत खटिएका उनीहरूलाई हटाउन प्रहरीमा माग छ । मापदण्ड अनुसार क श्रेणीको कार्यालयबाट अर्काे क श्रेणीको कार्यालयमा इन्चार्ज जान नपाउने प्रावधान छ ।

तर, पैसा कमाउन माहिर केही इन्सपेक्टरहरू चलखेलका आधारमा पटक पटक आकर्षक कार्यालयमा गएका छन् । जसलाई अहिलेका आइजिपी बसन्त कुँवरले पनि सच्याउन सकेका छैनन् ।

त्यतिखेर सरुवामा आर्थिक चलखेल गर्ने नेता र बिचौलियाहरू अहिले पनि शक्तिशाली भएकाले सरुवा संशोधन हुन नसकेको हो । जसकारण आइजिपी निरीह बनेको चर्चा प्रहरी मुख्यालयमा छ । ‘एकातर्फ काजको विकृति हटाउन भनेर लाग्नुभएको छ, अर्काेतर्फ मापदण्डविपरीतको सरुवा संशोधन गर्न सक्नुभएको छैन,’ एक अधिकृतले भने ।

हाल डिएसपी र एसपीको पनि सरुवाको तयारी भइरहेको छ । एक दर्जन जिल्लाका एसपी फेरिदैछन् । जसमा पनि आइजिपी कुँवरको अग्निपरीक्षा हुनेछ । सरुवामा बिचौलियाहरुले पैसा उठाउन थालिसकेका छन् ।

त्यस्तै, लफडा वरिष्ठ सईबाट इन्सपेक्टर बढुवामा पनि छ । इन्सपेक्टरमा बढुवाबाट करिब ४० पद पदपूर्ति हुँदैछ । जसमा दुई सय भन्दा धेरै वरिष्ठ सईहरू प्रतिस्पर्धामा छन् । सबैजना शक्तिशाली भएकाले उनीहरूले पावर लगाएका छन् । जसकारण इन्सपेक्टर बढुवा पनि लम्बिएको छ ।

प्रहरी नियमावली संशोधन गरी रिक्तमध्ये ५० प्रतिशत पदमा बढुवाबाट पदपूर्ति गर्नेबारे पनि छलफल भइरहेको छ । हाल रिक्तमध्ये ४० प्रतिशतमा मात्र बढुवा हुन्छ ।दृष्टि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!