०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

काठमाडौंका मेयर बालेन्द्रलाई फिल्म रोक्ने कानुनी अधिकार छैन : उच्च अदालत

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

(ABC-Sanchar)

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई महानगरपालिकाभित्रका हलहरूमा फिल्म प्रदर्शन रोक लगाउने कानुनी अधिकार नरहेको जनाएको छ ।

काठमाडौँभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर साहको निर्णयविरुद्ध नेपाल चलचित्र सङ्घले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र नारायणप्रसाद पौडेलले मंगलबार निषेधाज्ञाको आदेश दिएका हुन् ।

भारतीय सिनेमा आदिपुरुषमा समावेश जानकी भारतकी छोरी हुन् भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने शाहले सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । शाहले साउन ३२ गते उक्त घोषणा गरेका थिए भने असार १ गतेदेखि महानगर प्रहरीलाई भारतीय फिल्म प्रदर्शनमा रोक लगाउन सिनेमा हलहरूमा परिचालन गरिएको थियो । उक्त कदमविरुद्ध नेपाल चलचित्र सङ्घ उच्च अदालत पाटन गएको थियो ।

उच्च अदालत पाटनले मेयर साहले कानुनी अधिकार बिना नै भारतीय फिल्म प्रदर्शनीमा रोक लगाउने कार्य गरेको उल्लेख गरेको छ ।

‘भारतीय फिल्म आदिपुरुषमा समावेश भएको आपत्तिजनक शब्दको विषयलाई लिएर उक्त फिल्म निर्माता बाहेकका अन्य फिल्म निर्माताहरूबाट निर्मित अनुमति प्राप्त भारतीय फिल्म प्रदर्शनमा समेत रोक लगाउन सक्ने गरी काठमाडौं महानगरपालिका तथा सोका प्रमुखलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत प्रचलित कानुनले अधिकार प्रदान गरेको नदेखिँदा प्रस्तुत निवेदनको टुङ्गो नलागेसम्म अनुमति प्राप्त फिल्म प्रदर्शनमा रोक लगाउने कार्य नगर्नूरनगराउनू भनी काठमाडौं महानगर र मेयर शाहका नाममा आदेश जारी भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!