०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

२ अर्बको लगानीमा सिसामाथि हिँड्न मिल्ने काठमाडौंको टावर संचालनमा

Logo
प्रकाशित बुधबार, आषाढ १३, २०८०

(ABC-Sanchar)

काठमाडौं । ‘स्काइ-वाक’ गर्न पाइने भएको छ। ‘वन्डर्स नेपाल’ कम्पनीले काठमाडौंको कमलादीमा यही असार १५ (शुक्रबार) देखि स्काइ-वाक टावर सञ्चालनमा ल्याउँदैछ।

पर्यटकका लागि नयाँ स्वाद दिने उद्देश्यले यो टावर बनाइएको कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए।

‘सिसामा उभिँदा आकाशमै उभिए जस्तो महसुस हुन्छ। यो एकदमै रोमाञ्चक एड्भेन्चर हुनेछ,’ इञ्जिनियर समेत रहेका पोखरेलले भने, ‘स्काइ-वाकको अनुभव बाहिरबाट शब्दमा भन्न सकिँदैन। चढेरै अनुभव हुन्छ।’

उनका अनुसार स्काइ-वाक काठमाडौं उपत्यकाकै अग्लो संरचना हो। यहाँबाट उपत्यकाको ३६० डिग्री भ्यु देखिन्छ।

काठमाडौंको उचाइमा उभिएर मानिसहरूलाई आकाशमा हिँडेजस्तो अनुभूत गराउन यो टावर सञ्चालनमा ल्याएको उनी बताउँछन्।

‘उपत्यकाभित्रका जुनसुकै ठाउँबाट सार्वजनिक यातायात चढेर पनि आउन सकिन्छ। काठमाडौंको मुटुमा बनेको स्काइ-वाक एड्भेन्चर पारखीहरूका लागि आकर्षक गन्तव्य बन्नेमा विश्वस्त छौं,’ अध्यक्ष पोखरेलले भने।

कुल १३ रोपनीमा फैलिएको टावरमा कम्पनीले दुई अर्ब रूपैयाँ लगानी गरेको छ। यहाँ टावरबाहेक वरपर पार्किङ, बगैंचा र सटरहरू छन्। टावर ७८ मिटर अग्लो छ जसमा २५ तला छन्। २२ तलासम्म जान दुइटा लिफ्टको व्यवस्था छ। एउटा लिफ्टमा २४ जना अटाउँछन्। दुइटा भएकाले एकपटकमा ४८ जना लिफ्टमा चढेर तलमाथि गर्न सक्छन्।

टावरको २३ औं र २४ औं तलामा रेस्टुरेन्ट हुने छ। यसमा एकैपटक तीन सयभन्दा बढी मानिसहरू बस्न मिल्छ। स्काइ-वाकभित्र रहेका रेस्टुरेन्ट, एम्पिथिएटरमा जान शुल्क लाग्दैन।

त्यस्तै टावरको कम्पाउन्डभित्र पनि रेस्टुरेन्ट हुनेछन्।

‘सबै प्रकारका रोजेको र खोजेको खानेकुरा कम्पाउन्डभित्र पाइन्छ,’ पोखरेलले भने, ‘सुरूमा कम्पाउन्डका रेस्टुरेन्ट मात्रै प्रयोग गर्न पाइन्छ। पछि टावरकै माथिल्लो भागमा रेस्टुरेन्ट तयार हुन्छन्।’

स्काइ-वाक भने टावरको २५ ‌औं तलामा हुन्छ। यहाँ सिसामा टेकेर हिँड्न पाइन्छ। वरपरको दृश्य नियाल्न सकिन्छ। स्थानीय तहको कर र भ्याट सहित शुल्क एक हजार रूपैयाँ छ। ८० वर्ष माथिकालाई र ३ फिट उचाइ सम्मको बच्चालाई निःशुल्क छ।

७० देखि ८० वर्षकालाई ५० प्रतिशत छुट अर्थात् ५०० रूपैयाँ लाग्ने छ। उक्त रकममा करिब आधा घन्टा हिँड्न पाइनेछ। टावरको टुप्पामा हिँड्न कम्पनीले विशेष प्रकारको जुत्ता दिन्छ। टावर चढ्नुअघि सुरक्षा जाँच पनि हुन्छ।

‘टावरको विशेषता नै स्काइ-वाक हो,’ पोखरेलले भने, ‘एक रोपनी फराकिलो क्षेत्रमा टावर फैलिएकाले एक पटकमा पाँच सयभन्दा बढी मानिसहरू अटाउँछन्। बिहे, वार्षिकोत्सव, जन्मदिनका भोज वा अरू कार्यक्रम गर्न मिल्ने व्यवस्था पनि हुनेछ।’

यहाँको पार्किङमा दुई सयभन्दा बढी चारपांग्रे र पाँच सयभन्दा धेरै दुईपांग्रे सवारी अट्छन्। ३६ वटा सटर बन्दै छन्।

स्काइ-वाक टावर आन्तरिकसँगै बाह्य पर्यटकका लागि पनि आकर्षण बन्ने पोखरेलको विश्वास छ।

कम्पनीले यसअघि इलामको कन्याममा स्काइ-वाक टावर सञ्चालनमा ल्याइसकेको छ। धनकुटाको भेडेटारमा पनि बन्दै छ। तिनको उचाइ भने यहाँको जति छैन।

कमलादीको स्काइ-वाक टावरलाई ‘एड्भेन्चर हब’ का रूपमा विकास गर्दै आगामी दिनमा यहीँ बन्जी र स्वीङ पनि सञ्चालन गर्ने योजना रहेको उनले बताए। सेतोपाटी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता […]

(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताएका छन् । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज राष्ट्रिय समाचार समिति (रासस) को केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले महासङ्घको निर्वाचन यही जेठ २६ गते नै हुने बताए । निर्वाचन सर्छ भन्ने आशङ्का नराख्न […]