०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

२ अर्बको लगानीमा सिसामाथि हिँड्न मिल्ने काठमाडौंको टावर संचालनमा

Logo
प्रकाशित बुधबार, आषाढ १३, २०८०

(ABC-Sanchar)

काठमाडौं । ‘स्काइ-वाक’ गर्न पाइने भएको छ। ‘वन्डर्स नेपाल’ कम्पनीले काठमाडौंको कमलादीमा यही असार १५ (शुक्रबार) देखि स्काइ-वाक टावर सञ्चालनमा ल्याउँदैछ।

पर्यटकका लागि नयाँ स्वाद दिने उद्देश्यले यो टावर बनाइएको कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए।

‘सिसामा उभिँदा आकाशमै उभिए जस्तो महसुस हुन्छ। यो एकदमै रोमाञ्चक एड्भेन्चर हुनेछ,’ इञ्जिनियर समेत रहेका पोखरेलले भने, ‘स्काइ-वाकको अनुभव बाहिरबाट शब्दमा भन्न सकिँदैन। चढेरै अनुभव हुन्छ।’

उनका अनुसार स्काइ-वाक काठमाडौं उपत्यकाकै अग्लो संरचना हो। यहाँबाट उपत्यकाको ३६० डिग्री भ्यु देखिन्छ।

काठमाडौंको उचाइमा उभिएर मानिसहरूलाई आकाशमा हिँडेजस्तो अनुभूत गराउन यो टावर सञ्चालनमा ल्याएको उनी बताउँछन्।

‘उपत्यकाभित्रका जुनसुकै ठाउँबाट सार्वजनिक यातायात चढेर पनि आउन सकिन्छ। काठमाडौंको मुटुमा बनेको स्काइ-वाक एड्भेन्चर पारखीहरूका लागि आकर्षक गन्तव्य बन्नेमा विश्वस्त छौं,’ अध्यक्ष पोखरेलले भने।

कुल १३ रोपनीमा फैलिएको टावरमा कम्पनीले दुई अर्ब रूपैयाँ लगानी गरेको छ। यहाँ टावरबाहेक वरपर पार्किङ, बगैंचा र सटरहरू छन्। टावर ७८ मिटर अग्लो छ जसमा २५ तला छन्। २२ तलासम्म जान दुइटा लिफ्टको व्यवस्था छ। एउटा लिफ्टमा २४ जना अटाउँछन्। दुइटा भएकाले एकपटकमा ४८ जना लिफ्टमा चढेर तलमाथि गर्न सक्छन्।

टावरको २३ औं र २४ औं तलामा रेस्टुरेन्ट हुने छ। यसमा एकैपटक तीन सयभन्दा बढी मानिसहरू बस्न मिल्छ। स्काइ-वाकभित्र रहेका रेस्टुरेन्ट, एम्पिथिएटरमा जान शुल्क लाग्दैन।

त्यस्तै टावरको कम्पाउन्डभित्र पनि रेस्टुरेन्ट हुनेछन्।

‘सबै प्रकारका रोजेको र खोजेको खानेकुरा कम्पाउन्डभित्र पाइन्छ,’ पोखरेलले भने, ‘सुरूमा कम्पाउन्डका रेस्टुरेन्ट मात्रै प्रयोग गर्न पाइन्छ। पछि टावरकै माथिल्लो भागमा रेस्टुरेन्ट तयार हुन्छन्।’

स्काइ-वाक भने टावरको २५ ‌औं तलामा हुन्छ। यहाँ सिसामा टेकेर हिँड्न पाइन्छ। वरपरको दृश्य नियाल्न सकिन्छ। स्थानीय तहको कर र भ्याट सहित शुल्क एक हजार रूपैयाँ छ। ८० वर्ष माथिकालाई र ३ फिट उचाइ सम्मको बच्चालाई निःशुल्क छ।

७० देखि ८० वर्षकालाई ५० प्रतिशत छुट अर्थात् ५०० रूपैयाँ लाग्ने छ। उक्त रकममा करिब आधा घन्टा हिँड्न पाइनेछ। टावरको टुप्पामा हिँड्न कम्पनीले विशेष प्रकारको जुत्ता दिन्छ। टावर चढ्नुअघि सुरक्षा जाँच पनि हुन्छ।

‘टावरको विशेषता नै स्काइ-वाक हो,’ पोखरेलले भने, ‘एक रोपनी फराकिलो क्षेत्रमा टावर फैलिएकाले एक पटकमा पाँच सयभन्दा बढी मानिसहरू अटाउँछन्। बिहे, वार्षिकोत्सव, जन्मदिनका भोज वा अरू कार्यक्रम गर्न मिल्ने व्यवस्था पनि हुनेछ।’

यहाँको पार्किङमा दुई सयभन्दा बढी चारपांग्रे र पाँच सयभन्दा धेरै दुईपांग्रे सवारी अट्छन्। ३६ वटा सटर बन्दै छन्।

स्काइ-वाक टावर आन्तरिकसँगै बाह्य पर्यटकका लागि पनि आकर्षण बन्ने पोखरेलको विश्वास छ।

कम्पनीले यसअघि इलामको कन्याममा स्काइ-वाक टावर सञ्चालनमा ल्याइसकेको छ। धनकुटाको भेडेटारमा पनि बन्दै छ। तिनको उचाइ भने यहाँको जति छैन।

कमलादीको स्काइ-वाक टावरलाई ‘एड्भेन्चर हब’ का रूपमा विकास गर्दै आगामी दिनमा यहीँ बन्जी र स्वीङ पनि सञ्चालन गर्ने योजना रहेको उनले बताए। सेतोपाटी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!