०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

चर्को गर्मीमा झ्याप्पझ्याप्प बत्ती जाँदा तराईका सर्वसाधारणहरु मारमा ब्यापारहरु थप्प

Logo
प्रकाशित बुधबार, आषाढ १३, २०८०

(ABC-Sanchar)

बाँके । चर्को गर्मीको समयमा विद्युत् अनियमित हुँदा सुदूरपश्चिमको तराई क्षेत्रका सर्वसाधारण मारमा परेका छन् ।

बारम्बार विद्युत् अनियमित हुने, पावर नपुग्नेजस्तो देखिने तथा दैनिक १०–१२ पटकसम्म विद्युत् जाने गरेको धनगढी उपमहानगरपालिका–१ का आशिष बिकले बताए।‘बारम्बार विद्युत् जान्छ, कतिवेला पावर नपुगेर पंंखा चल्दैन,’ उनले भने, ‘गर्मीमा बस्नै समस्या छ ।’

उद्योग, कलकारखानामा पनि यसको प्रभाव परेको छ । पावर नपुग्ने र वेलावेला बत्ती जाने समस्याले उत्पादन प्रभावित भएको उद्योगीहरूको गुनासो छ।

पटक–पटक विद्युत् अवरुद्ध हुँदा विद्यार्थी मारमा परेका महेन्द्रनगरका विश्नु  पनेरुले बताए। उनले साँझ पढ्ने बेला बिजुली जाँदा ध्यान अन्त जाने गरेको बताए।

विद्युत् नियमित गर्न माग गर्दै नेपाल विद्यार्थी संघ कैलालीले गत ४ असारमा नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्रलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।

संरचनागत समस्याका कारण विद्युत् वितरणमा पनि समस्या भएको प्राधिकरणले यसअघि नै स्वीकार गरिसकेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक कार्यक्रममा वितरण तथा प्रसारण लाइन क्षमताका कारण विद्युत् आपूर्तिमा समस्या भइरहेको बताए। माग बढे पनि वितरण तथा प्रसारण लाइनको क्षमता नहुँदा समस्या भएको उनको भनाइ थियो।

घिसिङले यो वर्षको मागलाई धाने पनि यही संरचनाले अर्को वर्ष धान्न नसक्ने र लोडसेडिङ हुन सक्नेसम्मको चेतावनी दिएका थिए।

यस्तै प्राधिकरणका प्रवक्ता एवं भार सम्प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले कयौं नेटवर्कहरूमा भोल्टेजको समस्या रहेको तथा प्रसारण लाइनको समस्या भएकाले बत्ती ट्रीप हुने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता […]

(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताएका छन् । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज राष्ट्रिय समाचार समिति (रासस) को केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले महासङ्घको निर्वाचन यही जेठ २६ गते नै हुने बताए । निर्वाचन सर्छ भन्ने आशङ्का नराख्न […]