०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

एआईजी ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बुधबार, आषाढ १३, २०८०

ABC (क्राईमबिट)

काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी र नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका र माइती नेपालद्वारा आयोजित कार्यक्रम पशुपति बुटिक होटल पिङगलास्थानमा मङ्गलबार बिहान सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले ‘माइती नेपाल संस्था’ ले नेपालबाट बाहिरिने विभिन्न नाकामा कार्यालय खोली मानव बेचबिखन नियन्त्रण गर्ने पुनित कार्यमा अहोरात्र खटिई सेवा प्रदान गर्नुका साथै पीडितलाई समाजमा पुनर्स्थापना गरेको बारे चर्चा गर्नु भएको थियो ।

साथै नेपाल प्रहरीले कानून कार्यान्वयनमा विभिन्न संस्थाहरुसँगको समन्वय तथा सहकार्यमा ‘यौनजन्य हिंसा न्यूनिकरण’ का कार्यहरु गरिरहेको बताउँदै मनोरञ्जन क्षेत्र (दोहोरी, डान्सबार, डिस्कोथेक, क्लव, होटल तथा रेष्‍टुरेन्ट लगायत) मा काम गर्ने व्यक्तिहरुलाई कम्तिमा एक साताको अभिमुखीकरण सचेतना प्रदान गर्नु पर्ने र सक्रिय रुपमा अनुगमन गर्न आवश्यक रहेकोसमेत बताउनु भयो ।

उहाँले नागरिकहरुको वास्तविक समस्यामा नेपाल प्रहरी जहिलेपनि सकारात्मक कामको लागि हातेमालो गर्न अहोरात्र तयार भएको बताउनुभयो ।

कार्यक्रममा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सरोकारवाला निकायहरुको समन्वय र सहकार्यले मात्र‘यौनजन्य हिंसा न्यूनिकरण’ मा अहं भूमिका खेल्ने हुनाले सम्पूर्ण सरोकारवाला निकायहरुले निष्पक्ष भई कार्य गर्नुपर्ने बताउनुयो ।

उक्त कार्यक्रम जिल्ला प्रहरी परिसर, काठमाण्डौ र ललितपुरका प्रहरी प्रमुख, वडा ९ का अध्यक्ष, प्रहरी वृत्त/प्रभागका प्रमुखहरू र मनोरञ्जन क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) सल्यान । शनिबार कालिमाटी गाउँपालिका वडा नं. ७ सल्यानथरी बस्ने अन्दाजी ३७ वर्षका दिल बहादुर कार्की र साेहि गाउँका प्रकाश परियारको छोरा अन्दाजी ५ वर्षीय सुवास परियारकाे बबई नदिमा नुहाउन (पौडी खेल्ने) क्रममा डुबेर मृत्यु भएकाे हाे । उनिहरु दिउँसाे ४ बजे आ-आफ्नो घरबाट बबइ नदिमा नुहाउन गएकोमा अबेरसम्म घरमा नफर्केपछि स्थानियहरुले प्रहरी चौकी […]

(ABC-Sanchar) बारा । मोतीहारी अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । ‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ’, उनले […]

(एबिसि संचार ) नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आशंकामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले काठमाडौंका विभिन्न ठाउँबाट ५ जनालाई नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार हत्या गरिएको अवस्थामा मनमैजुमा भेटिएको थियो । उनी ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा हत्या भएको थियो […]