०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

नेपाल प्रहरीका आइजिपी बसन्त बहादुर कुँवर विरुद्व अख्तियारमा उजुरी

Logo
प्रकाशित बुधबार, आषाढ १३, २०८०

(ABC-Sanchar)

काठमाडौं । भूमाफियाको प्रभावमा परेर प्रहरी कार्यालय रहेको सरकारी जग्गामा बिजनेश कम्प्लेक्स बनाउन लागिएको भन्दै प्रहरी महानिरीक्षक बसन्त कुँवर तथा ललितपुरका मेयर चिरीबाबु महर्जनविरुद्ध स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

ललितपुर महानगरले लगनखेलस्थित प्रहरी कार्यालय हटाएर व्यापारिक भवन बनाउन लागेको भन्दै स्थानीयवासी अख्तियार पुगेका हुन् । चलखेलका आधारमा सरकारी जग्गामा व्यापारिक भवन बनाउन लागिएको उनीहरूको आरोप छ ।

महानगरपालिकाले केही व्यापारीको स्वार्थमा सरकारी जग्गामा व्यापारिक कम्प्लेक्स बनाएर प्रहरी कार्यालय हटाउन लागेपछि विरोध हुँदै आएको छ । यसमा एकातर्फ भ्रष्टाचार रहेको र अर्काेतर्फ शान्ति सुरक्षासमेत प्रभावित हुने भएपछि स्थानीयहरू अख्तियारसम्म पुगेका छन् ।

लगनखेल बसपार्कसँगै जोडिएको करिब तीन रोपनी जग्गामा महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने निर्णय गरेको थियो । जहाँ रहेको १२ नम्बर वडा कार्यालय हटाइएको छ भने प्रहरी कार्यालय पनि हटाउन दबाब दिइएको छ । तर, स्थानीयले प्रहरी कार्यालय नहटाउन माग गरेका छन् ।

व्यापारी केबी महर्जनको सो जग्गासँगै अर्काे जग्गा भएको र सो जग्गालाई बाटो ठूलो बनाउनकै लागि व्यापारिक कम्प्लेक्स बनाउन लागिएको हो ।

महानगरपालिकाले गत भदौमा सो जग्गामा व्यापारिक कम्प्लेक्स बनाउने सम्झौता गरेको थियो । तर, वडा प्रहरी कार्यालय हटाउन नसक्दा व्यापारी दौडधुपमा लागेका छन् । सो कार्यालय हटाउनका लागि भन्दै १९ वैशाखमा महानगरपालिकाले प्रहरी महानिरीक्षक कुँवरलाई समेत लगेर हस्ताक्षर गराएको थियो । जसकारण महानिरीक्षक कुँवरसमेत विवादमा मुछिएका छन् ।

उनी पनि व्यापारीको प्रभावमा परेको आरोप स्थानीयले लगाएका छन् । स्थानीयको विरोध हुँदाहुँदै आफैं गएर प्रहरी कार्यालय हटाउन कुँवरले हस्ताक्षर गरिदिएका थिए ।

त्यसविरुद्ध लगनखेल समाज, लगनेश्वर महादेव यातायात प्रालि, करुणा टोल सुधार समिति, कुमारीपाटी क्लब, लगनखेल भजन मण्डल, बुद्धि विकास मण्डल, हनुमान सेवा केन्द्र, लगनखेल युथ क्लब, लगनखेल महिला समूह, थटी टोल सुधार समितिलगायतले अख्तियारमा उजुरी गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आशंकामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले काठमाडौंका विभिन्न ठाउँबाट ५ जनालाई नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार हत्या गरिएको अवस्थामा मनमैजुमा भेटिएको थियो । उनी ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा हत्या भएको थियो […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता […]