०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

नेपाल प्रहरीका आइजिपी बसन्त बहादुर कुँवर विरुद्व अख्तियारमा उजुरी

Logo
प्रकाशित बुधबार, आषाढ १३, २०८०

(ABC-Sanchar)

काठमाडौं । भूमाफियाको प्रभावमा परेर प्रहरी कार्यालय रहेको सरकारी जग्गामा बिजनेश कम्प्लेक्स बनाउन लागिएको भन्दै प्रहरी महानिरीक्षक बसन्त कुँवर तथा ललितपुरका मेयर चिरीबाबु महर्जनविरुद्ध स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

ललितपुर महानगरले लगनखेलस्थित प्रहरी कार्यालय हटाएर व्यापारिक भवन बनाउन लागेको भन्दै स्थानीयवासी अख्तियार पुगेका हुन् । चलखेलका आधारमा सरकारी जग्गामा व्यापारिक भवन बनाउन लागिएको उनीहरूको आरोप छ ।

महानगरपालिकाले केही व्यापारीको स्वार्थमा सरकारी जग्गामा व्यापारिक कम्प्लेक्स बनाएर प्रहरी कार्यालय हटाउन लागेपछि विरोध हुँदै आएको छ । यसमा एकातर्फ भ्रष्टाचार रहेको र अर्काेतर्फ शान्ति सुरक्षासमेत प्रभावित हुने भएपछि स्थानीयहरू अख्तियारसम्म पुगेका छन् ।

लगनखेल बसपार्कसँगै जोडिएको करिब तीन रोपनी जग्गामा महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने निर्णय गरेको थियो । जहाँ रहेको १२ नम्बर वडा कार्यालय हटाइएको छ भने प्रहरी कार्यालय पनि हटाउन दबाब दिइएको छ । तर, स्थानीयले प्रहरी कार्यालय नहटाउन माग गरेका छन् ।

व्यापारी केबी महर्जनको सो जग्गासँगै अर्काे जग्गा भएको र सो जग्गालाई बाटो ठूलो बनाउनकै लागि व्यापारिक कम्प्लेक्स बनाउन लागिएको हो ।

महानगरपालिकाले गत भदौमा सो जग्गामा व्यापारिक कम्प्लेक्स बनाउने सम्झौता गरेको थियो । तर, वडा प्रहरी कार्यालय हटाउन नसक्दा व्यापारी दौडधुपमा लागेका छन् । सो कार्यालय हटाउनका लागि भन्दै १९ वैशाखमा महानगरपालिकाले प्रहरी महानिरीक्षक कुँवरलाई समेत लगेर हस्ताक्षर गराएको थियो । जसकारण महानिरीक्षक कुँवरसमेत विवादमा मुछिएका छन् ।

उनी पनि व्यापारीको प्रभावमा परेको आरोप स्थानीयले लगाएका छन् । स्थानीयको विरोध हुँदाहुँदै आफैं गएर प्रहरी कार्यालय हटाउन कुँवरले हस्ताक्षर गरिदिएका थिए ।

त्यसविरुद्ध लगनखेल समाज, लगनेश्वर महादेव यातायात प्रालि, करुणा टोल सुधार समिति, कुमारीपाटी क्लब, लगनखेल भजन मण्डल, बुद्धि विकास मण्डल, हनुमान सेवा केन्द्र, लगनखेल युथ क्लब, लगनखेल महिला समूह, थटी टोल सुधार समितिलगायतले अख्तियारमा उजुरी गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!