०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

पर्सा प्रहरीले लागुऔषध सहित एकजना भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ १४, २०८०

 

ABC (क्राईमबिट)

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्तीचोक स्थितमा इनर्वा प्रहरी चौकी कार्यालय मातहतका प्रहरी टाेलिले चेकजाँचकाे क्रममा भारतको रक्सौलबाट संकास्पदरूपमा पैदल यात्री वीरगञ्जतर्फ आउँदै गरेका अपरिचित व्यक्तिलाई रोकी चेकजाँच गर्दा भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल डंकन बस्ने वर्ष २० को अनिल भन्ने अनिष सिंहलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले बोकेको कालो व्यागभित्र लुकाइ छिपाई राखिएको लागु औषध नाइट्राभेट ट्याब्लेट १४७० पिस फेला परेको हुँदा उल्लेखित परिमाणको लागु औषध सहित अनिल भन्ने अनिष सिंहलाई नियन्त्रणमा लिइ पर्सा प्रहरी कार्यालयमा ल्याइ आजै पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!