०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

निःशुल्क औषधि वितरण गर्ने भने पनि धादिङका सरकारी अस्पतालहरूले शुल्क लिदै

Logo
प्रकाशित मंगलबार, आषाढ १९, २०८०

 

(ABC-Sanchar)

धादिङ । सरकारी स्वास्थ्य संस्थाहरूले टाउको दुःखेको औषधिमा समेत शुल्क असुल्ने गरेको सेवाग्राहीको गुनासो छ।

नीलकण्ठ नगरपालिका ३ का गणेश बुढाथोकी धादिङ अस्पतालले निःशुल्क दिनुपर्ने औषधिमा शुल्क असुल्ने गरेको बताए। ‘कहिले शुल्क लिन्छन्, कहिले औषधि छैन भन्छन्। कर्मचारीको मनलाग्दी हो कि प्रशासनको आदेश? सरकार निःशुल्क औषधि देऊ भन्छ, त्यही औषधिलाई अस्पताल पैसा असुल्छ,’ उनले भने, ‘हिलोले खाएको ठाउँमा लगाउने औषधि पहिले निःशुल्क लैजान्थे। अहिले दुईवटा औषधिको एक हजार ५५ भन्यो।’

सरकारले निःशुल्क गरेको औषधिलाई सरकारी अस्पतालले नै शुल्क लिएपछि उनले बाहिरैबाट सो औषधि किने। ‘पहिले दुईपटकसम्म निःशुल्क लिएको औषधि अहिले कसरी शुल्क लाग्ने भयो? सरकारले ९८ प्रकारका औषधि निःशुल्क दिने भनेको छ। तर, धादिङ अस्पतालले यसरी शुल्क लिनु गलत हो,’ उनले भने।

नीलकण्ठ– ३ कै सीता तामाङ पनि निःशुल्क पाइने औषधिलाई धादिङ अस्पतालले पैसा लिएको बताउँछिन्। ‘मुखमा घाउ आएर अस्पताल गएको थिएँ,’ उनले भनिन्, ‘अस्पताल फार्मेसीनजिकै ९८ प्रकारका निःशुल्क औषधि हेर्दा भिटामिन बी कम्प्लेक्स पनि रहेछ। तर, अस्पतालले एक पाताको ४५ रुपैयाँ लियो। दम, टिडी, टिटीलगायत अन्य थुप्रै औषधिको पनि पैसा लिन्छ।’

औषधि माग्दा फार्मेसीले शुल्क लाग्ने औषधि नै दिने गरेका छन्। ‘निःशुल्क त ब्यानर र पर्दामा सीमित छ। औषधिको नाममा सर्वसाधारण ठगिएका छन्,’ उनले भनिन्, ‘निःशुल्क र शुल्क लिने औषधि एकै ठाउँबाट बिक्री वितरण भइरहेको छ। बिल पनि नमागी दिँदैन। धेरैलाई कुन पैसा लाग्ने, कुन नलाग्ने थाहा नै हुँदैन। पैसा मागे दिने हो, पर्दैन भने ए निःशुल्क रहेछ भन्ने घर फर्कने हो।’

बिमा गरेकाहरूले निःशुल्क पाउने औषधिसमेत नपाएको सेवाग्राहीको गुनासो छ। अस्पतालले एकै
ठाउँबाट निःशुल्क र सःशुल्क औषधि बिक्री वितरण गर्दा सेवाग्राहीहरू मारमा परेका हुन्।

अर्का सेवाग्राही मननारायण श्रेष्ठले अस्पतालमा एकसाता बिताए। दमको रोगी आमाको उपचारमा आएका उनले निःशुल्क र शुल्क लाग्ने औषधिको विषयमा जानकारी नभएको बताए। ‘कुन औषधि निःशुल्क, कुनलाई पैसा परेको थाहा नै भएन,’ श्रेष्ठले भने, ‘अस्पतालले निःशुल्क औषधि दिन्छ भन्ने थाहा थिएन।’ उनले स्वास्थ्य बिमासमेत गरेका छन्। उनले भने, ‘निःशुल्क र बिमा गरेकालाई औषधि वितरण भनेर टाँसिएको झ्यालै बन्द छ।’

निःशुल्क औषधिमा पैसा लिएकाे छैन : मेसु भण्डारी

सरकारले तोकेको ९८ प्रकारका औषधि निःशुल्क वितरण भइरहेको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रुद्रमणि भण्डारीको जिकिर छ। निःशुल्क भनिएका प्लेन औषधिबाहेकको अन्य औषधिको मात्र शुल्क लिने गरिएको उनले बताए।

‘अहिले मानिसहरूले जथाभावी औषधि सेवन गरिदिँदा निःशुल्क भनिएको ९८ प्रकारका औषधिले काम नगर्ने अवस्था पनि आउन सक्छ। त्यसैले प्लेन औषधिभन्दा पनि कम्बिनेसन औषधि बिक्री भइरहेका छन्,’ उनले भने, ‘प्लेन औषधि निःशुल्क हो। तर, प्लेन औषधिमा अन्य कुनै औषधि थपिएको कम्बिनेसन हो भने पैसा तिर्नुपर्छ। किनकि हामीले पनि टेन्डर गरेर ल्याउनुपर्छ।’

निःशुल्क र शुल्क लाग्ने सबै औषधि किन एकै ठाउँबाट बिक्री वितरण भन्ने प्रश्नमा उनले भने, ‘१५ बेड क्षमताको अस्पताल ५० बेडमा सञ्चालन भइरहेको छ। अन्य विशेषज्ञसहितको सेवाहरू पनि विस्तार भएका छन्। दरबन्दीअनुसार पदपूर्ति छैन । कर्मचारी अभाव र स्टोरका कारण निःशुल्क, बिमा र शुल्क लाग्ने औषधि एकै ठाउँबाट बिक्री गरिएको हो।’नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!