०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

मनसुनका कारण धेरैले ज्यान गुमाउँदै बाढी-पहिरोबाट बाच्न सचेत हुन अग्रह

Logo
प्रकाशित मंगलबार, आषाढ १९, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । गत असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढी हेर्दा विभिन्न विकासका आयोजनामा अर्बौंको क्षति पुगेको छ । मनसुन सुरु भएको दुई साता पनि नपुग्दै बाढीका कारण ४ सय ६३ मेगावाटका ३० आयोजनामा क्षति पुग्दा साढे ८ अर्ब क्षति भएको प्रारम्भिक अनुमानले देखाएको छ ।

यता नेपालले भारतलाई विद्युत् व्यापार गरेर मुलुकको आर्थिक वृद्धि गर्ने लक्ष्य लिइएको छ । गत जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरका छन् । योसँगै नेपालमा विद्युत् उत्पादन बढाउनुपर्ने हुन्छ । यसका लागि नेपाललाई आगामी पाँच वर्षभित्र झन्डै ८ खर्ब लगानी आवश्यक पर्ने पनि विद्युत् प्राधिकरणले जनाउँदै आइरहेको छ । विद्युत्मा यति ठूलो लगानी कसरी जुटाउने भन्ने चिन्ता पनि उत्तिकै छ । त्यसमाथि सुचारु रहेको तथा निर्माणाधीन अवस्थामा रहेका हाम्रा जलविद्युत् आयोजनामा अर्बौंको क्षति पुगेको छ । मनसुनजन्य विपत्तिका कारण आयोजनाहरू जोखिममा पर्दै गइरहेका छन् । जोखिम बढ्दै गएमा भारतलाई विद्युत् बेचेर मुलुक धनी बन्ने सपना साकार होला ? अनि जलविद्युत् आयोजनामा गरिएको खर्बौं लगानी के होला ? भन्ने प्रश्न उठ्नु पनि स्वाभाविक नै हो ।

जलविद्युत् आयोजना मात्रै होइन, अन्य विकासका आयोजनाहरूमा पनि क्षति पुगेको छ । बाढीले भोजपुरस्थित सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा ३ करोडबराबरको क्षति भएको पाइएको छ । खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजनास्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटरपम्प, ट्रान्सफर्मर, तीनवटा कन्ट्रोल प्यानल, स्टेपलाइजर, चेन पुल्ली, पालेघरलगायतमा क्षति पुर्याउँदा ३ करोडबराबरको क्षति भएको हो । यसैगरी संखुवासभाको चैनपुर नपा–११ मा आएको बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत करिब ११ करोड लागतमा निर्माण भइरहेको आयोजनामा बाढीले क्षति पुगेको हो । यी त बाढीका कारण क्षति पुगेका खानेपानी आयोजनाका केही उदाहरण मात्रै हुन् । यस्ता आयोजनाहरू थुप्रै छन् ।

दुई वर्षअघि पनि मनसुन सुरु भएको साता दिन पनि नपुग्दै मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । झन्डै २ अर्बको क्षति पुगेको अनुमान गरिएको छ । हाल थप संरचना निर्माण गरी उपभोक्तावासीलाई मेलम्चीको पानी वितरण गरिएको छ । अझै कुनै दिन ठूलो बाढी आएको अवस्थामा मेलम्ची खानेपानी आयोजना सुरक्षित हुन सक्छ भन्न सकिन्न । गत वर्ष पनि बेमौसमी बाढीसँगै धानखेतीमा ठूलो असर पुगेको थियो । झन्डै ८ अर्बबराबरको असर पुुगेको पाइन्छ । पछिल्लो समय मनसुन सुरु हुँदा वा सकिँदा पनि क्षति अचानक भइरहेको छ । मनसुनजन्य विपत्तिका कारण भइरहेको अप्रत्याशित क्षतिका कारण राज्यको अर्बौं रुपैयाँ जोखिममा पर्दै गइरहेको छ ।

सरकारले लिएको विपत्जन्य जोखिम न्यूनीकरणका नीति कार्यान्वयन प्रभावकारी हुन नसक्दा धनजनको क्षति बढेको छ । विपत् व्यवस्थापनसम्बन्धी सरकारी नीतिको प्रभावकारी रूपमा कार्यान्वयन नभए आगामी दिनमा मनसुनजन्य विपत्तिबाट हुने क्षति अझै बढ्न सक्ने देखिन्छ । प्रभावकारी रूपमा नीति कार्यान्वयन गर्न तीनवटै तहका सरकारी निकायबीचको समन्वय जरुरी छ । मनसुनजन्य विपत्तिका घटना बढ्दो क्रममा रहे पनि पूर्वतयारीमा सरकार कमजोर रहेको देखिन्छ ।

विपत्जन्य जोखिम कम गर्न राज्यले पर्याप्त लगानी गर्न सकेको छैन । यसो हुँदा त्यसबाट हुने मानवीय क्षति तथा वित्तीय क्षति बढ्दै गइरहेको छ । विपत् व्यवस्थापनका लागि राज्यले लिएको नीति आफैंमा राम्रो छ । तर, नीति कार्यान्वयनका लागि देखिएका पहलहरू निकै कमजोर छन् । अबको सरकारले विपत् व्यवस्थापनका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखोस् ।
विपत्पछिको अवस्थामा भन्दा राज्यले विपत्पूर्वको अवस्थामा लगानी बढाउने नीति लिएर अगाडि बढ्नु आवश्यक छ । विपत्पछि मात्रै पछुताउने होइन । कसरी विपत्का घटना कम गर्न सकिन्छ भनेर राज्यले ख्याल गर्नु आवश्यक छ । यदि विपत्पूर्व गरिने तयारीका कार्यक्रमलाई प्राथमिकता दिन सकियो भने विपत्का घटना भए पनि धनजनको क्षति कम गर्न सकिन्छ ।

नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न दक्ष जनशक्ति व्यवस्थापन पनि उत्तिकै आवश्यक छ । अहिले जलवायु परिवर्तनको जोखिम बढ्दै गइरहेको अवस्था छ । जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणको आवश्यकता छ । अनि जलवायुमैत्री कृषि प्रणाली अपनाउनु पनि उत्तिकै आवश्यक छ । मनसुनजन्य विपत्तिका कारण क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण पनि समयमा हुन सकिरहेको छैन । जुन वर्ष मनसुनजन्य विपत्तिले क्षति पुगेको भौतिक संरचना छ, विशेष गरी निजी आवास, त्यसको पुनर्संरचनाचाहिँ त्यही वर्ष नै गरिसक्नुपर्ने हो । कसरी बाढीपहिरोजस्ता मनसुनजन्य विपत्तिबाट हाम्रा पूर्वाधारहरू जोगाउन सकिन्छ भनेर व्यापक रूपमा छलफल गर्नुपर्ने आवश्यकता छ ।

राष्ट्रिय आपत्कालीन केन्द्र क्रियाशील हुन सकेको छैन । राष्ट्रिय आपत्कालीन केन्द्र भनेको विपत्का घटनाको रेकर्ड गर्ने ठाउँ हो । अब स्थानीय स्तरमा पनि आपत्कालीन केन्द्र क्रियाशील बनाउनुपर्छ । पूर्वसूचना प्रणाली पनि उत्तिकै विश्वसनीय, सर्वसुलभ र छिटोछरितो बनाउन आवश्यक छ । विपत् व्यवस्थापनमा काम गर्ने संस्थाहरू सबै छरिएर बसेका छन् । जस्तै केही जिम्मेवारी वन तथा वातावरण मन्त्रालयको पनि छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि छ, गृहमन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पनि छ । अनि राष्ट्रिय खानी तथा भूगर्भ विभागले पनि पहिरो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!