(ABC-Sanchar)
पर्सा । वीरगंज जिल्ला प्रसासन कार्यालय पर्सामा बिचौलिया द्वारा छिटो नागरिकता बनाइदिने बहानामा सेवाग्राही बाट पैसा ठगदै:-समाचारको प्रभावले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार त्यसको बारेमा अनुगमन गरेको छ।
जिल्ला प्रसासन कार्यालय पर्सामा बिचौलिया द्वारा छिटो नागरिकता बनाइदिने बहानामा सेवाग्राही बाट पैसा ठगदै आएको समाचारको उजागर प्रहार डेली डटकम का संचालक राहुल गुप्ता ले दुइ/तिन दिन देखि समाचार सम्प्रेषण गरेका थिए।
हालै जारी भएको नागरिकता सम्बन्धि ऎन ले गर्दा जिल्ला प्रशासन कार्यलय पर्सामा नागरिकता लिनेको ठूलो भिड लाग्ने गरेको छ। भिडको मौका उठाइ अहिले जिल्ला प्रशासन कार्यलय पर्सामा बिचौलियाहरु सक्रिय भएका छन। बिचौलियाहरु ले नागरिकता बनाउन आउने नागरिक संग छिटो काम गराइदिने बहानामा हजारौंको बार्गेनिङ हुने गरेको पाइएको छ।
बिचौलिया कै रुपमा जिल्ला प्रशासन कार्यालय पर्सामा डियुटीमा कार्यरत सशस्त्र प्रहरी का सइ कमलेस सिंह बिचौलियाको काम गरि रहेको सेवाग्राहीहरु बताएका छन्।
साथै प्रहार डेली डटकम का संचालक राहुल गुप्ता ले आज न्युज रिपोटिग्ङ गर्न जादा कार्यलय का केहि कर्मचारी र प्रहरीहरु ले पत्रकार राहुल गुप्ता लाइ बिचौलिया भनि फसाउन खोजेको त्याहा नागरिकता बनाउन को लागि गएका सेवाग्राहीहरु ले पत्रकार राहुल गुप्ता लाइ बताएका छन्।त्यो कुरा सुनदै पत्रकार राहुल गुप्ता ले भने ल ठिक छ मलाइ को फसाउन लागेको छ फसाओस म पनि त्यो व्यक्ति लाइ नछोडने वादा गरिरहेको छु भनि पत्रकार गुप्ता ले बताएका छन्।
पैसा दिने ब्यक्तीको नागरिकता छिटो बनी रहेको पाइएको छ। जिल्ला प्रशासनले टोकन सिस्टम चलाए पनि केही फरक नपरेको नागरिकहरु ले गुनासो गरिरहेका छन। जिल्ला प्रशासन कार्यलय पर्सा कै कर्मचारीहरु पनि बिचौलियाहरु संग मिलि पैसाको लेनदेन गरि नागरिकता छिटो बनाउने गरेको आरोप समेत लागि रहेको छ।
पकाहामैनपुर गाउँपालिकाका एकजना कुशवाहा थरका व्यक्तिले दुई छोरा र एक छोरीको लागि वंशजको नागरिकता लिन जादा जिल्ला प्रसासन कार्यालय पर्साका कर्मचारीले १५ हजार रुपैयाँ लिएको आरोप लगाए । यसबाट अहिले जिल्ला प्रसासन कार्यलय पर्सामा लाखौं लाख पैसा को चलखेल भइ रहेको बुझ्न सकिन्छ।
कुशवाहालाई टोकनसहित लाइनमा बस्नु नपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साका एकजना कर्मचारीले पाँच हजारको दरले रु १५ हजार रकम माग गरेपछि आफूले रकम दिएको बताए।
कतिपय सेवाग्राहीले तीन/चार घण्टा लाइनमा कुर्दासमेत काम नहुने गरेको र सुरक्षा अधिकारी र प्रशासनका अधिकारीको पहुँचको आधारमा घूसपैठियाहरूले चाँडै नागरिकता बनाइरहेको आरोप लगाएका छन् । नागरिकता प्राप्त गर्न अहिले सबैभन्दा पहिले अनलाइन टोकन लिनुपर्ने व्यवस्था गरिएको छ ।
टोकन लिएपछि एक महीनापछि कार्यालयमा सम्पर्क गर्ने पालो आउँछ । तर गत शुक्रवार जिल्ला प्रसासन कार्यालय पर्सामा लाइन लागेर अफलाइन टोकन लिएका सेवाग्राहीहरूलाई चाँडै बोलाइएको थियो । अहिले अफलाइन अर्थात् स्वयम् कार्यालयमा पुगेर टोकन लिने व्यवस्था स्थगित गरिएको छ ।
एकजना सेवाग्राहीसँग घरपरिवारका तीन/चार जना सदस्य आउँदा पनि भीड बढेको जिल्ला प्रशासन कार्यालय पर्सा का अधिकारीहरू बताउँछन् । जिल्ला प्रसासन कार्यालय पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सरकारले निर्देशन गरेअनुरूप कार्यालयसँग भएको स्रोत–साधन उपयोग गर्दै सेवा दिइरहेको बताए ।
पर्सामा करीब १३ हजार जन्मसिद्ध नागरिक छन् । जसको आधारमा २०–२२ हजारको सङ्ख्यामा नागरिकता बन्ने अनुमान गरिएको छ । जिल्ला प्रसासन कार्यालय पर्सामा छव महीनासम्म पनि नागरिकता बनाउनेको भीड रहने अनुमान गरिएको छ । सेवाग्राहीहरूले कार्यालयमा भीड हुन नदिन मूलगेटबाट सम्बन्धित व्यक्तिलाई मात्र प्रवेश गर्न दिन एवं पालो परेकाहरूलाई माइकिङ गरी बोलाएर सेवा दिन आग्रह गर्नुका साथै सहजरूपमा नागरिकता वितरणको लागि वीरगंज वा पर्साका अन्य ठाउँमा सेवा केन्द्र स्थापना गरी नागरिकता वितरण गर्दा सहज हुने सुझाव दिएका छन् ।
सेवाग्राहीहरु ले भने जिल्ला प्रसासन कार्यालय पर्साले नागरिकता वितरणलाई सहज, सरल र व्यवस्थित बनाउँदा दैनिक घण्टौं लाइनमा लाग्नुपर्ने समस्याबाट मुक्ति मिल्ने बताए ।