०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

महोत्तरीमा गोली चल्यो

Logo
प्रकाशित बुधबार, आषाढ २०, २०८०

 

ABC (क्राईमबिट)

महोत्तरी । मंगलबार साँझ पौने ६ बजे जिल्लाको रामगोपालपुर नगरपालिका- १ बसबिट्टीमा ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार भएको हो।

जिल्ला प्रहरी कार्याल महोत्तरीका प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार यादवलाई ३८ वर्षीय कौशल मण्डलले गोली प्रहार गरेका हुन्।

गोली लागेर यादव गम्भीर घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको डिएसपी गिरीले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सामान्य विवादमा कौशलले श्रवणमाथि गोली प्रहार गरेका थिए। श्रवणमाथि गोली चलाएपछि कौशललाई स्थानीयले नियन्त्रणमा लिइ कुटपीट समेत गरेका थिए।

‘श्रवणको होस खुलिनसकेकोले उनलाई थप सोध्न पाएका छैनौं। गोली प्रहार गर्ने व्यक्ति पनि उपचाररत नै भएकाले अहिले थप खुल्न सकेको छैन,’ डिएसपी गिरीले भने।

प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल बरामद गरेको छ। घटनबारे थप अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!