०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

वीरगंज वडा नं १० काे विभिन्न चाेकका सडकहरुमा स्पिड ब्रेकर लगाइयो

Logo
प्रकाशित शनिबार, आषाढ २३, २०८०

(ABC-Sanchar)

पर्सा । वीरगंज महानगरपालिका वडा नं १० काे विभिन्न चाेकका सडकमा स्पिड ब्रेकर लगाइएको छ।

सवारी दुर्घटनाको मसध्यनजर गर्दै वीरगंज महानगरपालिका वडा नम्बर १० काे विभिन्न चाेकका सडकमा स्पिड ब्रेकर लगाइएकाे छ ।

वीरगंज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष अध्यक्ष सुशील साह कानुकाे पहलमा वडास्तरीय बजेटबाट वडा नं नम्बर १० को विभिन्न ६ स्थानमा स्पिड ब्रेकर लगाइएकाे हाे ।

वडाअध्यक्ष कानुका अनुसार, ठाकुराम क्याम्पसबाट सिर्सिया जाने चाेक, बालमन्दिर चाेक, टाउन हल अगाडि, नेपाल राष्ट्र बैंक अगाडि , अशाेकवाटीका जाने चाेक र आदर्श स्कुल अगाडि गरि ६ स्थानमा स्पिड ब्रेकर लगाइएको हाे ।

वीरगंज सहरकाे केन्द्रमा रहेकाे वडा नम्बर १० मा तिब्र गतिको कारण सवारी दुर्घटना हुने क्रम बढेपछि त्यसैलाई मध्यनजर गरि स्पिड ब्रेकर लगाइएको वडाअध्यक्ष कानुले बताए।

वडा अध्यक्ष कानु ले भने पहिलाे चरणमा २ लाख रुपैयाँको लागतमा ६ स्थानमा स्पिड ब्रेकर लगाइएकाे भन्दै उनले आगामी आर्थिक वर्षमा फेरि बजेट विनियाेजन गरि वडाका अन्य स्थानहरुमा पनि स्पिड ब्रेकर लगाइने वडा अध्यक्ष कानुले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!