०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

दरबन्दी बाहेकका कर्मचारीलाई मन्त्रालयमै फिर्ता पठाउने निर्णय

Logo
प्रकाशित आइतबार, आषाढ २४, २०८०

(ABC-Sanchar)

धनगढी । कैलाली र कञ्चन
पुरका स्थानीय तहले संघीय सरकारले कर्मचारी समायोजन ऐनअनुसार पठाएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरेका छन् ।

शनिबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा बसेको दुवै जिल्लाका प्रमुख र अध्यक्षहरूको दोस्रो समन्वयात्मक बैठकले संघीय सरकारले समायोजन भएर आएका कर्मचारीलाई तलब भत्ता दिन नसकिने जानकारी गराएको भन्दै फिर्ता पठाउने निर्णय गरेको हो ।

स्थानीय तहमा कार्यरत स्वीकृत दरबन्दी भन्दा बढी भएका कर्मचारीको सेवा सुविधा आन्तरिक स्रोतबाट व्यहोर्न सक्ने अवस्था नभएको कारण देखाउँदै स्थानीय तहले यस्तो निर्णय गरेको धनगढीका मेयर हमालले जारी विज्ञप्तिमा उल्लेख छ ।

‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कैलाली र कञ्चनपुरका स्थानीय तहमा समायोजन, समायोजन संशोधन, सरुवा एवम् कामकाजका लागि खटिएर रमाना भई आएर कामकाज गरिरहेका स्वास्थ्य सेवाका कर्मचारीहरूको तलब भत्ता संघीय सशर्त अनुदान मार्फत उपलब्ध हुँदै आएकोमा आर्थिक वर्ष २०८०÷०८१ देखि स्वीकृत दरबन्दी भन्दा बढी तलब भत्ता दिन नसकिने जानकारी प्राप्त हुन आएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यसरी तलब भत्ता प्राप्त नहुँदा स्थानीय तहको श्रोत साधनबाट स्वीकृत दरबन्दी बाहेकका अन्य थप कर्मचारीहरूको तलब भत्ता उपलब्ध गराउन नसकिने अवस्था रहेकाले स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीहरूलाई नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा फिर्ता पठाउने र कर्मचारी समायोजन ऐन, २०७४ बमोजिम कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहमा नेपाल सरकार अन्तर्गतका मन्त्रालयहरूबाट खटाई पठाइएका स्वीकृत दरबन्दी भन्दा बढी सङ्ख्याका अन्य सेवाका कर्मचारीहरूलाई पनि सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!