ABC (क्राईमबिट)
पर्सा । वीरगंज सीमा सुरक्षा गुल्म वीरगंजले २ लाख भन्दा बढी मुल्यको सामानहरू बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्राइएको २ लाख भन्दा बढिको अवैध सामान बरामद गरेको छ।
भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सामानहरुमा विभिन्न किसिमका लत्ताकपडा, मोवाईल ब्याट्री किराना सामानहरु काजु, पेय पदार्थहरु लगायतका सामानहरु पक्राउ गरेको सीमा सुरक्षा गुल्म वीरगंजका डिएसपी रामजंग पाण्डेले जानकारी दिए।
साथै हिजो मात्र भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको १ लाख २९ हजार मुल्य बराबरको लत्ताकपडाहरु वीरगंज भन्सार कार्यालयमा बुझाईएको सीमा सुरक्षा गुल्म वीरगंजका डिएसपी रामजंग पाण्डेले जानकारी दिए।