०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

धमाधम सचिव पक्राउको तरङ्ग : सचिवहरू असन्तुष्ट, कर्मचारीहरु त्रसित

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०


(ABC-Sanchar)
काठमाडौँ । सचिव पक्राउको विषयले सिंहदरवार तरङ्गित बनेको छ । विराटनगरका लागि हिँडेका सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउतलाई आइतबार अपराह्न एयरपोर्टबाटै प्रहरीले पक्राउ गरेको खबर बाहिरिएसँगै सिंहदरवार मात्रै होइन, देशभरका कर्मचारीमा सन्नाटा नै छायो । बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा जोडिएर सहकर्मी पक्राउको विषयले सचिवमा हल्लीखल्ली नमच्चिने कुरै भएन । शक्तिशाली नेताहरूको समेत संलग्नता रहेको भनिएको यो घटनाले राजनीतिक रूपमा पनि उत्तिकै चर्चा पायो ।

पक्राउको भोलीपल्ट सोमवार(हिजो) प्रहरीले जिल्ला अदालतबाट दुई दिन थुनामा राख्न अनुमति प्राप्त गर्दै गर्दा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा बिहानैबाट कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मै सचिव रावत पक्राउकै विषयलाई दिएर अनेक थरी चर्चा परिचर्चा शुरु भएको छ । नहोस् पो कसरी शाखा अधिकृत छँदा ‘उपयुक्त निर्णयार्थ’ पेश गरेको टिप्पणीकै आधारमा १४ वर्ष पछि सचिव हुँदा अनुसन्धानका लागि भन्दै पक्राउ परे ।

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

सचिव राउत पक्राउले कर्मचारीहरूमा मुख्य गरी दुई वटा विषय जवर्जस्त रूपमा उठेको देखियो । पहिलो, माथिल्लो निर्णयकर्तालाई नसमातेर तल्लो उठान गर्नेलाई समातेको र दोस्रो नेपाल सरकारको विशिष्ट श्रेणीको सचिवलाई पक्रिँदा प्रहरीले सामान्य मर्यादासमेत ख्याल नराखेको । यससँगै राजनीतिक ‘स्टन्ट’देखि ब्यूरोक्रेसीलाई कमजोर बनाउने तथा कर्मचारीलाई मात्र भ्रष्ट साबित गर्ने र प्रहरी हाबी भएको सम्मका आवाजहरू दिनभरजसो सिंहदरवारमा जुञ्जिरहे ।

सो क्रममा कर्मचारीबाट टिप्पणी नै उठाउन नसक्ने अवस्था सिर्जना भएकोदेखि निर्णय नै किन गर्ने ? भन्नेसम्म पनि सुनियो । जसमा अधिकृतदेखि सचिवहरूसम्म एकमत देखिए –गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्नु तथा ‘सेटिङ’मा काम गर्नेहरू झस्किनु त स्वाभाविकै हो तर आज्ञापालनकै क्रममा निर्णायक भूमिका नहुँदा नहुँदै पनि विषय उठानकै आधारमासमेत फस्न सकिने ‘भय’ कर्मचारीमा डरलाग्दो रूपमा व्याप्त देखियो । यद्यपि सङ्गठित किर्तेमा अनुसन्धानका लागि पक्राउ गरेको बताएको प्रहरीले अनुसन्धानका क्रममा भेटिएका सबुत प्रमाणहरू सबै स्पष्ट बाहिर नआई सकेकोले यसै भनिहाल्न नहुने भन्नेमा पनि कर्मचारी सजग देखिन्थे ।

आदेश पालनाकै लागि जुन पायो त्यही टिप्पणी उठाई हाल्न नहुने विषयले पनि उत्तिकै झस्काएको देखियो कर्मचारीहरूलाई । विशेष गरी सचिवको आदेशमा सहसचिव, उपसचिव हुँदै शाखा अधिकृतसम्मै र प्रधानमन्त्री तथा मन्त्रीको आदेशमा मुख्यसचिव तथा सचिवले हिजोका दिनमा जे जसरी विश्वास भनौँ या कर्तव्यपालन भनौँ या ‘इन्ट्रेष्ट’मा निमेषभरमै फाइल द्रुत गतिमा अघि बढ्थ्यो, त्यसबारे भने यो घटनाले सबैलाई झस्काउन पुगेको छ । जुन एक हिसाबले ठिक देखिए पनि अर्को हिसाबले यसको असर सरकारको कामकारबाही(परफरमेन्स)देखि सेवा प्रवाहसम्मै देखिने कर्मचारीहरूले बताइरहेका छन् । दैनिक प्रयोजनका लागि आवश्यक पर्ने सामाग्री खरिद आदेशदेखि सचिवले मन्त्रिपरिषद् पठाउने निर्णय प्रक्रियासम्मै संलग्न प्रत्येक कर्मचारीले निर्णय गर्नुअघि कैयन पटक सोच्न बाध्य बनाउने उनीहरूको भनाई छ ।

सचिव राउत पक्राउको तौरतरिकाबाट बढी असन्तुष्ट देखिएका सिनियर, सहकारी तथा मातहतका कर्मचारीले भनिरहेका थिए,–‘गल्ती गरेको छ भने जो कोही पनि सजायको भागिदार हुनैपर्छ, चाहे भोली आफै किन नपरोस्, त्यसको भागीदार आफैँ हुने हो, तर निर्देशन दिने तथा निर्णयकर्तालाई उन्मुक्ति दिएर सहायक कर्मचारी(त्यसमा पनि बिना इन्ट्रेष्ट जिम्मेवारी पुरा गरेकै आधारमा) फस्ने अवस्था आयो भने त्यो व्यवस्थाकै लागिसमेत चुनौती बन्नेछ ।’ साथै निजामती सेवा ऐनको दफा ५७(निजामती कर्मचारीको बचाउ) कोसमेत पालना नभएकोबारे गृह सचिवदेखि मुख्य सचिवसम्ममा एक खालको कन्फ्युजन पैदा गरेको देखिन्थ्यो । जसबारे सोमबार बिहान मुख्य सचिव, गृह सचिव तथा केही सचिवहरूसमेतले आकस्मिक रूपमा छलफल गरेका थिए तर के छलफल भयो र निष्कर्ष के रह्यो भन्नेबारे बाहिर नआइसकेपनि सुरक्षा र प्रशासनिक कमान्डका हिसाबले गृह सचिव मुख्य सचिवलाई जानकारीसम्म नहुनुले आशङ्का उब्जाएको सचिवहरूको भनाई थियो । ‘बहालवाला सचिव भाग्ने भन्ने हुँदैन, बोलाए पनि गइहाल्थे नि, एयरपोर्टबाटै बेइज्जती पूर्ण ढङ्गले पक्रिनु पर्ने अवस्था नै थियो त ?’ एक सचिवले भने ‘साना–ठुला दैनिक दर्जनौँ फाइलहरू राय, टिप्पणी लेख्ने कर्मचारी अब कुन मनोबलले उठाउँछ ?’

यसबारे गृह सचिव र मुख्य सचिवले मुख खोल्नु पर्ने कर्मचारीहरूको भनाई छ । यद्यपि गृह सचिव र मुख्य सचिवले सम्बन्धित ठाउँमा यसबारे कुरा राखिसकेका र अझै छलफलमै रहेको सिंहदरवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र गृह स्रोतले बताए पनि आधिकारिक रूपमा के राखे भन्ने बाहिर आएका छैन ।

यता प्रहरीले भने अदालतको आदेश अनुसार अनुसन्धानका क्रममा पक्राउ गरिएको र कानुनी रूपमा कहिँकतै पनि नचुकेको बताइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!