ABC (क्राईमबिट)
मकवानपुर । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे स्थित सडक खण्डमा सवारी साधनहरु रोकी चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट बिरगंज तर्फ आउदै गरेको प्रदेश ३-००१ ख २५१६ नं. को यात्रुवाहक बसमा सवार देश भारत जिल्ला बेतिया थाना बैरिया ग्राम मियापुर दवौली – ७ बस्ने वर्ष ४० को रमेश साह गुप्ताले कम्मरको भागमा कपडाले बेरी लुकाई छिपाई गरी ल्याएको अबस्थामा अबैध भारतिय रुपैया ३,७५,०००।– ( ने.रू.६,००,०००।-) फेला परेको हुदाँ उ
क्त भारु रुपैया सहित निज रमेश साह गुप्तालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्वव अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको ।