०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

सडकका खाल्डाखुल्डी पुर्दै दाङ जिल्ला ट्राफिक प्रहरी जीर्ण सडक मर्मत गर्दै

Logo
प्रकाशित बिहिबार, आषाढ २८, २०८०

(सागर थापा)

दाङ । ट्राफिक नियमको पालना गराउने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ एवं जिल्ला प्रहरी कार्यालय दाङको सयुत्त आयोजनामा जीर्ण सडक मर्मतमा जुटेको छ ।


अन्य समयमा सडकमा बसेर ट्राफिक नियम पालना गरेको नगरेको भन्दै सवारी चेकजाँचमा खट्ने ट्राफिक प्रहरी सडक मर्मतमा जुटेको छ ।

घोराही लमही सडक खण्डमा ठूलठूला खाल्डा परेपछि संभावित हुनसक्ने सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीले टिप्परमा मिस्कट ल्याएर ग्राभेल भिछाएर खाल्डाखुल्डी पुरेको छ ।

सडक बिभाग र नगरपालिकाको काम ट्राफिक प्रहरीले दाङ जिल्लाको विभिन्न क्षेत्र र बजारका सडकहरुमा परेको खाल्डाखुल्डी पुरे पछि आवत जावतमा सहज र दुर्घटना न्युनिकरणमा समेत सहयोग पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले बताए ।

खाल्डाखुल्डी हुँदा आवागमनमा समस्या भएको थियो केही ठुलो गाडी बाटोमा फसेको पनि ट्राफिक प्रहरीले उद्घार गरेको दाङ ट्राफिक प्रमुख मल्लले भने ‘ग्राभेल हालेर पुरेपछि अहिले सम्भावित हुनसक्ने सवारी दुर्घटना र खाल्डामा जमेको पानी पैदलयात्रुलाई छ्यापिने डर हटेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!