०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

कोशी ब्यारेजमा अनुमती बिना रिपोर्टिङ गर्ने भारतीय पत्रकारलाई स्थानीयहरुले लखेटे

Logo
प्रकाशित आइतबार, आषाढ ३१, २०८०


(ABC-Sanchar)

मोरङ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा असार २९ गते शुक्रबार मालवाहक ट्रक खसेको सूचना आयो । ब्यारेजको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक सूचना पाएपछि म रिपोटिङका लागि त्यसतर्फ गएँ । नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई उद्धार गरिएको थियो भने ट्रकको खोजी भइरहेको थियो ।

भारतबाट सामान ल्याएर आएको ट्रक खसेको खबरपछि सीमा क्षेत्रका क्रियाशील रहेका केही भारतीय सञ्चारकर्मीहरु पनि सो क्षेत्रमा आइपुगे । दिउँसो ४ः३० बजे उनीहरु मबीच विवाद भयो । उनीहरु विदेशी भूमिमा रिपोर्टिङ गर्न आउँदा न स्थानीय प्रशासनसँग अनुमति लिएका थिए न कुनै समन्वय नै गरेका थिए ।

भारतीय सञ्चारमाध्यमले नेपाली सीमामा आएर कतिसम्म गलत प्रचार गर्छ र नेपालीमाथि कस्तो व्यवहार गर्छ भन्ने पछिल्लो उदाहरण हो यो घटना । तराईको जनताको सशक्त आवाजका रुपमा सञ्चालन हुँदै आएको न्युज लाइभ रफ्तारका लाागि कोशी ब्यारेज पुग्दा केही लफडा भयो ।

बिनाअनुमति नेपालमा आएर भारतीय पत्रकारहरुले नेपाल प्रहरीलाई नै अपशब्द बोल्दै प्रश्न गरेपछि मैले सहन सकिन । कोसँग अनुमति लिएर नेपालमा रिपोर्टिङ्मा आउनुभयो भन्दै प्रश्न गर्दा एक महिला पत्रकारले उल्टै ममाथि आक्रमण गर्ने प्रयास गरिन् । त्यति मात्रै हैन उनले अश्लील हर्कत नै गरिन् जुन हेर्नसमेत लायक थिएन।

केही दिनअगाडि कोशी ब्यारेजमा एउटा ट्रक खसेको थियो । सो ट्रक खसेको भिडियोनै सामाजिक सञ्जालमा भाइरल भएको थियो । यही भिडियोको रिपोर्टिङ्ङ गर्न म सो स्थानमै पुगेका थिए। तर भारतीय सञ्चारमाध्यमले सो स्थानबाट गलत शैलीले आफ्नो टेलिभिजनमा प्रचार गर्दै थिए।

प्रहरीलाई नै उल्टो प्रश्न गर्दै के हेरेर बसेको थ्यो त्यो बेलामा भन्दै थर्काइरहेको थिए । सो दृश्य मैले हेरिरहन सकिनँ । मैले सिधा पत्रकारहरुलाई प्रश्न गरेँ, “कोसँग अनुमति लिएर यहाँको रिपोर्टिङ गर्दै हुनुहुन्छ र ? ” एक पुरुष पत्रकारले उल्टै मेरो परिचयपत्र मागे । उनीहरुले त्यति मात्रै गरेनन्, भ्युजका लागि यो सब नाटक गरेको समेत आरोप लगाउन थाले । त्यो कुरा मलाई सह्य भएन ।
प्रश्नमाथि प्रश्न राख्दै मैले भारतीय मिडियालाई सो स्थानबाट पछि हट्न बाध्य पारेँ।

दुःखको कुरा यो हो कि भारतीय सीमामा पुगेर कुनै पनि पत्रकारलाई रिपोर्टिङ गर्न अनुमति छैन । सोधे पनि भारतको सीमा रक्षामा खटिएका भारतीय सेनाले सिधै लखेट्छन् । तर नेपाली सीमामा आएर नेपाललाई नै असर पर्ने गरी यसरी रिपोर्टिङ गरिरहँदा र प्रहरीलाई नै थर्काउँदा पनि मौन छ प्रशासन । कोशी ब्यारेजमा भएको सो घटनाले यहाँसम्म पुगेको छ घटना।

सामान बोकेर नेपाल आएको ट्रक कोशीमा खसेको थियो । उक्त भिडियो सामाजिक सञ्जालभरि छ, तर भारतीय सञ्चारमाध्यमले भने नेपाली सुरक्षा राम्रो नहुँदा यसरी दुर्घटना बढेको आरोप मिडिया मार्फतनै लगाउन खोजिरहेको पाइन्छ। नेपालको गलत प्रचार गर्ने र सीमामै आएर यसरी पत्रकारमाथि दुर्व्यवहार गर्ने शैलीप्रति प्रशासन अहिलेसम्म मौन छ। यस विषयमा न कुनै प्रशासन बोल्न सकेको छ न राज्यले नै केही भन्न सकेको छ।

हुन त यो राज्यकै दायित्व हो आफ्नो देशको सीमा रक्षा गर्ने र सीमामा कस्तो सञ्चार माध्यमलाई प्रवेश गराउने भनेर । राज्यकै अंगभित्र गनिने पत्रकारमाथि यसरी भारतीय मिडियाको ज्यादतीले नेपालप्रति कस्तो सन्देश जान्छ? म नेपाल र नेपालीको लागि बोलिरहने छु । हामी नेपाली एक छौँ । यो प्रतिक्रियाका पछि धेरैको प्रतिक्रिया छ, ‘तपाईंको साथमा हामी छौँ, तपाईं अगाडि बढ्नुहोस्।’

कोशी ब्यारेजमा भएको उक्त घटनाप्रति मिडियाहरुले समेत मलाई खुलेर साथ दिएका छन्। यसअगाडि पनि मैले एक नागरिक साइकलमा यात्रा गरिरहँदा कारबाट निस्केर मुक्का हानेर गम्भीर घाइते बनाएको दृश्य बाहिर ल्याउन सफल भएको थिएँ । म पत्रकारिताको मर्म बुझेर नै यो क्षेत्रमा आएको हुँ । आजको घटनामा पनि ममाथि आधा दर्जन भारतीय मिडियाकर्मी जाइलाग्दा एक्लैले प्रतिवाद गरेँ ।

सोहीबीचमा भारतीय सञ्चारमाध्यामका एक महिलाले मलाई हातपात गर्यो भन्दै लाइभ गरिन् । तर मैले कत्ति पनि नआत्तिकन उनीहरुको प्रतिवाद गरेँ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!