२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

बिरगंजमा विद्यार्थीहरूको मसाल जुलुस प्रहरीको हस्तक्षेप ४ जना घाइते

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

 

(ABC-Sanchar)

पर्सा । बिरगंज आइतबार बेलुकी राजनीतिक दल सम्बद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले मशाल जुलुस निकालेका छन् । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र बारा जिल्लामा सारिएको विरोधमा नेवि सङ्घ, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनलगायतका विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा मशाल जुलुस निकालेका हुन् ।

विद्यार्थीहरूले निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर बल प्रयोग गर्दा चार जना विद्यार्थी नेता घाइते भएका छन् । घाइते हुनेहरूमा अनेरास्ववियूका जिल्ला सचिव पवन यादव, अनेरास्ववियूकै क्याम्पस इकाई उपाध्यक्ष अरमान हासमी, नेवि सङ्घका बिट्टू पटेल र समाजवादी विद्यार्थी युनियनका हरि यादव रहेका छन् । उनीहरूको नारायणी अस्पतालमा उपचार गरिएको अनेरास्ववियूका वीरगञ्ज महानगर अध्यक्ष आसिफ अहमदले जानकारी दिए ।

आइतबार बेलुकी वीरगञ्जको तीन स्थानबाट एकैसाथ निकालिएको मशाल जुलुस घण्टाघर चोकमा पुग्दा प्रहरीले हस्तक्षेप गरी बल प्रयोग गरेको नेवि सङ्घ पर्साका सभापति रमेश यादवले बताए ।

ठाकुरराम बहुमुखी क्याम्पसको व्यवस्थापन सङ्कायको स्नातक तहको तेस्रो वर्षको परिक्षा त्रिभुवन विश्वविद्यालयले बाराको सिमरामा सारेपछि त्यसको विरोधमा पर्साका विद्यार्थी सङ्गठनहरूले आन्दोलन गर्दै आइरहेका छन् । ठाकुरराम क्याम्पसबाट अन्यत्र सारिएको परिक्षा केन्द्र फिर्ता ल्याउन माग गर्दै विद्यार्थी सङ्गठनहरूले एक हप्तादेखि ठाकुरराम क्याम्पस बन्द गराएका छन् ।

यहीबिचमा परिक्षा केन्द्र सिमरामा सारिएपछि गत सोमबार त्यहाँ परिक्षा दिएर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परि ठाकुरराम क्याम्पसमा अध्ययनरत विद्यार्थी विजय शर्माको मृत्यु भएपछि विद्यार्थीहरू थप आक्रोशित भएका छन् ।

परिक्षा केन्द्र फिर्ता ल्याउनु पर्ने र दुर्घटनामा परि मृत्यु भएका विद्यार्थी शर्माको परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग गर्दै आइतबार बेलुकी मशाल जुलुस निकालिएको नेवि सङ्घका सभापति यादवले बताए । आफूहरूको माग पुरा नगरिए आन्दोलन अझ चर्काउँदै लग्ने चेतावनी पनि उनले दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!