३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

कंचनपुरको ६ वटा औषधि पसलमा प्रहरीको छापा ४ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

 

ABC (क्राईमबिट)

कंचनपुर । प्रहरीले भीमदत्त नगरपालिकाका ६ निजी मेडिकल (औषधि पसल)मा छापा हानेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ७, १३, १० र १६ चार वडाका ६ मेडिकलमा छापा हानेको हो।

कञ्चनपुर प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत गैरकानुनी रूपमा औषधि बेचबिखन गर्दै आएका औषधि पसलमा कारबाही गरेको जनाएको छ।

कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले विनाइजाजत गैरकानुनी रूपमा औषधि बिक्री-वितरण गर्दै आएका निजी औषधि पसलमा छापा हानेको बताए।

‘हामीले अवैध मेडिकल पसलमा छापा हान्यौँ,’ प्रहरी प्रमुख थापाले भने, ‘चार जना पक्राउ गर्न सफल भयौँ। दुईजना फरार भएका छन्। बाँकी औषधि बरामद गरेका छौँ। बेच्न नै नमिल्ने औषधि बेच्नेदेखि फार्मेसी दर्ता नगरेर गैरकानुनी रूपमा औषधि पसल चलाएका रहेछन्।’

प्रहरी प्रमुख थापाका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका- ७ हल्दुखालबाट विमला उपाध्याय, भीनपा- १० गड्डाचौकीका सुरेश पाण्डेय, मोहन रोकाया र भीनपा-१६ मझ गाउँका राजेन्द्रबहादुर चन्द छन्।

भीनपा– १३ साझा चौराहका रामबहादुर विष्ट र भीनपा- १६ वसन्तपुरका वीरेन्द्रराज पन्त फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले विनाइजाजत जोखिमपूर्ण औषधि बेचबिखन गर्ने, लागुऔषध बेच्ने, फार्मेसी तथा औषधि पसलले चिकित्सकको सिफारिसविनै औषधि बेचबिखन गरेको आरोप लगाएको छ। ‘पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘भागेकाहरूको समेत खोजी भइरहेको छ।’

उनीहरूविरुद्ध कञ्चनपुर प्रहरी प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १९ बमोजिम जोखिमपूर्ण औषधि बिक्री-वितरणविरुद्ध मुद्दा चलाउने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!