२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

अन्तरजातीय विवाह गरेको भन्दै जेल जिबन बिताएका मनोज राम थुनामुक्त

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

 

(ABC-Sanchar)

सप्तरी । अन्तरजातीय प्रेमविवाह गरेपछि अपहरण गरेको आरोप लगाएर पक्राउ गरी कारागार पठाइएका सप्तरीको विष्णुपुर गाउँपालिका–६ का मनोज राम थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मनोज रामलाई रिहाइ गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् ।

मनोज र बबिता इसरले तीन वर्ष प्रेम सम्बन्धमा रहेपछि २०७९ कात्तिकमा प्रेमविवाह गरेका थिए । तर, बबिताका परिवारले अपहरण गरेको आरोप लगाएपछि मनोज राम डेढ महिनादेखि सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको थियो ।

अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले गत ८ असारमा मनोज रामलाई रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । थुनामुक्तपछि मनोज रामले जातीय विभेदकै कारण म र मेरो परिवारलाई फसाउने प्रयास गरिएको बताए ।

भाइले अन्तरजातीय विवाह गरेपछि मनोज रामका दाइलाई पनि पक्राउ गरिएको थियो । उनी अझै थुनामा छन् भने बुबा र अर्को भाइ प्रहरी पक्राउबाट बच्न भागेका थिए ।

मनोज रामले आफ्नै श्रीमती बबिता इसरलाई अपहरण गरेको भन्दै व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि २४ जेठमा थुना पठाउने आदेश गरेको थियो ।

अन्तरजातीय प्रेमविवाहबाट छुटाउन बबिताका बुबा ललित इसरले छोरी नाबालिग रहेको र अपहरण भएको भन्दै मनोजविरुद्ध मुद्दा दायर गरेका थिए । इसरकी छोरीको जन्मदर्ताका आधारमा जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले मनोजलाई थुना पठाउने आदेश दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!