२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

नेपाल प्रहरीको ९ जना प्रहरी अधिकारीको विशेष बढुवाको सिफारिस

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, ५ जना सहायक हवल्दार र एक जना जवानलाई विशेष बढुवा गरेका हुन् ।

आर्थिक वर्षको अन्तिम दिन ३१ असारको निर्णय अनुसार कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तिलराम बोहरा सार्कीलाई प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा गरेका हुन् ।

त्यस्तै, अर्जुन सेठ्ठी र बामदेव घिमिरेलाई प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा बढुवा भएका छन् ।

प्रहरी सहायक हवल्दारहरु सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणि जोशी, गनकुमार खण्डलुक र उपेन्द्र चौधरी प्रहरी हवल्दारमा बढुवा भएका छन् । प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा श्रेणीविहीनबाहेक राजपत्र अंकित पदसम्म एक तहमाथिको रिक्त पदमा बढुवा गर्नसक्ने प्रहरी नियमावली, २०७१ मा उल्लेख छ । यसरी एक आर्थिक वर्षमा १० जनासम्मलाई बढुवा गर्नसक्ने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!