२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एआईजी टेकप्रसाद राईद्वारा विभिन्न खेलकुद प्रतियोगितालाई सम्मान पदक वितरण

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजस्थित जिम हलमा विभिन्न खेलकुद प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीका फुटबल, भलिबल, एथ्लेटिक्स तथा ब्याडमिण्टन खेलका खेलाडी तथा अफिसियलहरुलाई प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा “खेलाडी सम्मान कार्यक्रम” सम्पन्न भयो ।


राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सह-सचिव प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यू, सह-निर्देशकज्यूहरु, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, प्रतिष्ठानका उप-उपनिर्देशकज्यूहरु, सि.प्र.अ, जु.प्र.अ. लगायत विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिण्टन लगायतका खेलकुद प्रतियोगिताहरुमा नेपाल प्रहरीको तर्फबाट सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी पदक प्राप्त गर्न सफल ७७ जना खेलाडी तथा अफिसियलहरुलाई प्रमुख अथितिज्यूले बधाई ज्ञापनका गर्नुका साथै अविर र खादा लगाई सम्मान गर्नु भयो ।
सो अवसरमा प्रमुख अतिथिज्यूबाट खेलाडीहरुलाई बधाई ज्ञापन तथा निर्देशन सम्बोधन गर्ने क्रममा खेल भावना अनुसार उच्च अनुशासनमा रहि आफ्नो खेल कौशल प्रदर्शन गरी संगठनको श्रीबृद्धि गर्न निर्देशन दिनुका साथै खेलाडीहरुको हितको निम्ति सदैव प्रयासरत रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!