२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

एआईजी टेकप्रसाद राईद्वारा विभिन्न खेलकुद प्रतियोगितालाई सम्मान पदक वितरण

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजस्थित जिम हलमा विभिन्न खेलकुद प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीका फुटबल, भलिबल, एथ्लेटिक्स तथा ब्याडमिण्टन खेलका खेलाडी तथा अफिसियलहरुलाई प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा “खेलाडी सम्मान कार्यक्रम” सम्पन्न भयो ।


राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सह-सचिव प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यू, सह-निर्देशकज्यूहरु, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, प्रतिष्ठानका उप-उपनिर्देशकज्यूहरु, सि.प्र.अ, जु.प्र.अ. लगायत विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिण्टन लगायतका खेलकुद प्रतियोगिताहरुमा नेपाल प्रहरीको तर्फबाट सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी पदक प्राप्त गर्न सफल ७७ जना खेलाडी तथा अफिसियलहरुलाई प्रमुख अथितिज्यूले बधाई ज्ञापनका गर्नुका साथै अविर र खादा लगाई सम्मान गर्नु भयो ।
सो अवसरमा प्रमुख अतिथिज्यूबाट खेलाडीहरुलाई बधाई ज्ञापन तथा निर्देशन सम्बोधन गर्ने क्रममा खेल भावना अनुसार उच्च अनुशासनमा रहि आफ्नो खेल कौशल प्रदर्शन गरी संगठनको श्रीबृद्धि गर्न निर्देशन दिनुका साथै खेलाडीहरुको हितको निम्ति सदैव प्रयासरत रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!