२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

धनगढीमा भन्सार छलीको सामान प्रहरीकै सेटिङ्गमा टाइगर टोलीले गायब गरेको आरोप

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

(राजन थारू)

धनगढी । शनिवार साँझ बरामद भएको भन्सार छलीको सामान प्रहरीले नै गायब पारेको आरोप लागेको हो।

शनिवार साँझ ५ देखि ६ बजेको समयमा धनगढी–२ फनपार्क नजिक चक्रपथबाट जिल्लाको टाइगर टोलीका हवलदार लालबहादुर चन्द र सागर लुहारको टोलीले भन्सार छलीको एक पोका सामान बरामद गरेका थिए। तस्करीमा संलग्न महिलाबाट बरामद गरिएको लत्ताकपडाको पोको भन्सार दाखिला नगरेर केही पर लगेर व्यापारीलाई नै बुझाइएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रदेश प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहराले तस्करीको सामानसँगै तस्करीमा संलग्नलाई समेत पक्रन दिएको निर्देशन कैलाली प्रहरीको टाइगर टोलीले अबज्ञा गरेको छ। तस्करीमा संलग्न महिलालाई उन्मुक्ति दिएपछि बरामद भएको सामान व्यापारीलाई नै जिम्मा लगाइएको दाबी स्रोतको छ।

यो विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दलाई बुझ्दा एकै दिनमा धेरै सामान बरामद गरेर ल्याइने भएकाले सर्वसाधारणले गरेको दाबी र लगाएको आरोपबारे यत्तिकै केही भन्न नसकिने बताए। उनले घटनाको बुझेर सत्यापन गर्ने बताएका छन्।

कैलाली भन्सारबाट सहजै भित्र्याइएको सामान रिङ रोड भएर व्यापारीकोमा लग्दै गर्दा टाइगर टोलीका हवल्दार चन्द र सिपाही लुहारले बरामद गरेको सामान जिल्ला प्रहरी कार्यालय र भन्सार दाखिला नगरिएको प्रत्यक्षदर्शीले बताए। तर उनले नाम उल्लेख गर्न नचाहेकाे बताए। उनले सामान बरामद गरेको छोटो भिडियो बनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]