१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
×

धनगढीमा भन्सार छलीको सामान प्रहरीकै सेटिङ्गमा टाइगर टोलीले गायब गरेको आरोप

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

(राजन थारू)

धनगढी । शनिवार साँझ बरामद भएको भन्सार छलीको सामान प्रहरीले नै गायब पारेको आरोप लागेको हो।

शनिवार साँझ ५ देखि ६ बजेको समयमा धनगढी–२ फनपार्क नजिक चक्रपथबाट जिल्लाको टाइगर टोलीका हवलदार लालबहादुर चन्द र सागर लुहारको टोलीले भन्सार छलीको एक पोका सामान बरामद गरेका थिए। तस्करीमा संलग्न महिलाबाट बरामद गरिएको लत्ताकपडाको पोको भन्सार दाखिला नगरेर केही पर लगेर व्यापारीलाई नै बुझाइएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रदेश प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहराले तस्करीको सामानसँगै तस्करीमा संलग्नलाई समेत पक्रन दिएको निर्देशन कैलाली प्रहरीको टाइगर टोलीले अबज्ञा गरेको छ। तस्करीमा संलग्न महिलालाई उन्मुक्ति दिएपछि बरामद भएको सामान व्यापारीलाई नै जिम्मा लगाइएको दाबी स्रोतको छ।

यो विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दलाई बुझ्दा एकै दिनमा धेरै सामान बरामद गरेर ल्याइने भएकाले सर्वसाधारणले गरेको दाबी र लगाएको आरोपबारे यत्तिकै केही भन्न नसकिने बताए। उनले घटनाको बुझेर सत्यापन गर्ने बताएका छन्।

कैलाली भन्सारबाट सहजै भित्र्याइएको सामान रिङ रोड भएर व्यापारीकोमा लग्दै गर्दा टाइगर टोलीका हवल्दार चन्द र सिपाही लुहारले बरामद गरेको सामान जिल्ला प्रहरी कार्यालय र भन्सार दाखिला नगरिएको प्रत्यक्षदर्शीले बताए। तर उनले नाम उल्लेख गर्न नचाहेकाे बताए। उनले सामान बरामद गरेको छोटो भिडियो बनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]