२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अंशबन्डामा चलेको सरकारी तन्त्र पुर्व डिआईजी हेमन्त मल्ल ठकुरी

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । सरकारी संयन्त्र निजामती होस् कि सुरक्षा संयन्त्र, न्यायपालिका होस् अथवा संवैधानिक निकायहरू सबैतिर छानेर बनाइएका नेतृत्वको नेतृत्व क्षमता, पूर्वाग्रही भूमिका र नैतिकतामा केही अपवाद बाहेक बहुधामा विगतदेखि प्रश्न चिन्ह खडा हुँदै आएको छ । के हाम्रो छनौट प्रक्रियामा खोट छ ? जसले गर्दा सही व्यक्ती नेतृत्वमा तहमा पुग्न सक्दैनन् । के हाम्रो सुपरिवेक्षण र नियन्त्रण गर्ने निकाय र प्रणालीले सही काम गर्न सकेका छैनन् र त्यसका कारक पनि त्यस्ता व्यक्ती हुन् ? यी कुरा विचारणीय छन् र यति विरोध हुँदा हुँदै जिम्मेवार नेतृत्व वर्गले सुने पनि न सुनेको जस्तो गरेको छ ।

व्यक्ति र पार्टीगत स्वार्थमा लुटपुटिएको वर्तमान राजनीतिक वर्गले समय छँदै यसमा तत्काल केही सुधार गर्ला भन्ने आशा गर्ने ठाउँ पनि देखिँदैन । जबसम्म नेतृत्वदायी भूमिका निभाउने राजनैतिक नेतृत्व व्यक्तिगत स्वार्थमा रुमल्लिई रहन्छ, इमानदार हुँदैन र आफ्ना स्वार्थमा नियुक्तिहरू राजनैतिक आस्थाका आधारमा अंशबन्डा गरी जिम्मा दिइन्छ तबसम्म सरकारका कुनै पनि संयन्त्रले सोचे जस्तो परिणाम दिन्छन् भन्ने कल्पना न गर्दा पनि हुन्छ ।

छनौट प्रक्रिया

कुनै पनि सरकारी निकाय होस् या संवैधानिक निकाय होस्, यसको छनौट प्रक्रियामा समस्या छ भन्ने हामीले बुझ्न सकिन्छ । भर्नाका प्रक्रिया फरक होलान् लोक सेवाले लिइने जाँचलाई नै लिने हो भने किन भर्ना गरिएका र नेतृत्व वर्गमा पुगेकाले सोचे जस्तो आशातीत परिणाम दिन सकिराखेका छैनन् । मैले लोक सेवाको निष्पक्षतामा प्रश्न गरेको होइन तर जुन किसिमका व्यक्ति आई राखेका छन्, तिनको कार्यक्षमतामा प्रश्न गर्ने प्रशस्त आधार छन् । मलाई लाग्छ, हाम्रो भर्ना प्रक्रिया नै त्रुटिपूर्ण छ र त्यसमा समयानुकूल सुधारको आवश्यकता छ ।

हामीले हाम्रो प्रशासन संयन्त्र चलाउने र नेतृत्व दिने उचित पात्रहरू किन प्रोत्साहित गर्न सकी राखेका छैनौँ ? किन आवश्यक परिणाम दिने खालका व्यक्ति भित्र्याउन सकी राखेका छैनौँ र त्यो खोज्न जरुरी छ । कर्मचारीमा आफ्नो संस्थालाई माया गर्ने र जिम्मेवार तवरले जिम्मेवारी निभाउने कर्मचारी छन् तर थोरै मात्र । त्यस्ता थोरै संख्यामा भित्रिएका पात्रलाई पनि किन जिम्मेवारी दिन प्रोत्साहित गरिँदैन र त्यस्ता पात्रलाई किन संरक्षण गर्न सकिई राखिएको छैन ? त्यस्ता पात्र नेतृत्व तहमा किन पुग्न सकी राखेका छैनन् ? ती पात्रहरूलाई काम गर्ने वातावरण दिई राखेका छौँ त ? सही पात्रलाई यथोचित जिम्मेवारी दिई राखेका छौँ त ? म त भन्छु कदापी छैन ।

सुपरिवेक्षण तथा नियन्त्रण गर्ने निकाय

संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुरक्षा निकाय, नियमनकारी निकाय, मन्त्रालय र विभाग भित्र रहेका सुपरीवेक्षण तथा नियन्त्रण गर्ने निकायहरू कतिको जिम्मेवारीपूर्वक आफ्नो जिम्मेवारी निभाई राखेका छन् र कार्यवाहीमा कतिको सार्थकता छ ? यो सोचनीय छ । व्यक्तिको अनुहार र पछाडिको ताकत हेरेर गरिने कार्यवाहीले केही असर पनि गर्दैन । यसरी नियन्त्रण गर्ने जिम्मेवारी लिएका निकाय तथा संस्था पनि केही गर्न नसक्ने अवस्थामा किन छन् ? यदि समस्या छ भने त्यसको पहिचान गरी समस्या निदान गर्नेतर्फ यथोचित ध्यान दिन जरुरी छ ।

सरकारी संयन्त्र निजामती होस् कि सुरक्षा संयन्त्र, न्यायपालिका होस् अथवा संवैधानिक निकायहरू सबैतिर छानेर बनाइएका नेतृत्वको नेतृत्व क्षमता, पूर्वाग्रही भूमिका र नैतिकतामा केही अपवाद बाहेक बहुधामा विगतदेखि प्रश्न चिन्ह खडा हुँदै आएको छ । के हाम्रो छनौट प्रक्रियामा खोट छ ? जसले गर्दा सही व्यक्ती नेतृत्वमा तहमा पुग्न सक्दैनन् । के हाम्रो सुपरिवेक्षण र नियन्त्रण गर्ने निकाय र प्रणालीले सही काम गर्न सकेका छैनन् र त्यसका कारक पनि त्यस्ता व्यक्ती हुन् ? यी कुरा विचारणीय छन् र यति विरोध हुँदा हुँदै जिम्मेवार नेतृत्व वर्गले सुने पनि न सुनेको जस्तो गरेको छ ।

व्यक्ति र पार्टीगत स्वार्थमा लुटपुटिएको वर्तमान राजनीतिक वर्गले समय छँदै यसमा तत्काल केही सुधार गर्ला भन्ने आशा गर्ने ठाउँ पनि देखिँदैन । जबसम्म नेतृत्वदायी भूमिका निभाउने राजनैतिक नेतृत्व व्यक्तिगत स्वार्थमा रुमल्लिई रहन्छ, इमानदार हुँदैन र आफ्ना स्वार्थमा नियुक्तिहरू राजनैतिक आस्थाका आधारमा अंशबन्डा गरी जिम्मा दिइन्छ तबसम्म सरकारका कुनै पनि संयन्त्रले सोचे जस्तो परिणाम दिन्छन् भन्ने कल्पना न गर्दा पनि हुन्छ ।

छनौट प्रक्रिया

कुनै पनि सरकारी निकाय होस् या संवैधानिक निकाय होस्, यसको छनौट प्रक्रियामा समस्या छ भन्ने हामीले बुझ्न सकिन्छ । भर्नाका प्रक्रिया फरक होलान् लोक सेवाले लिइने जाँचलाई नै लिने हो भने किन भर्ना गरिएका र नेतृत्व वर्गमा पुगेकाले सोचे जस्तो आशातीत परिणाम दिन सकिराखेका छैनन् । मैले लोक सेवाको निष्पक्षतामा प्रश्न गरेको होइन तर जुन किसिमका व्यक्ति आई राखेका छन्, तिनको कार्यक्षमतामा प्रश्न गर्ने प्रशस्त आधार छन् । मलाई लाग्छ, हाम्रो भर्ना प्रक्रिया नै त्रुटिपूर्ण छ र त्यसमा समयानुकूल सुधारको आवश्यकता छ ।

हामीले हाम्रो प्रशासन संयन्त्र चलाउने र नेतृत्व दिने उचित पात्रहरू किन प्रोत्साहित गर्न सकी राखेका छैनौँ ? किन आवश्यक परिणाम दिने खालका व्यक्ति भित्र्याउन सकी राखेका छैनौँ र त्यो खोज्न जरुरी छ । कर्मचारीमा आफ्नो संस्थालाई माया गर्ने र जिम्मेवार तवरले जिम्मेवारी निभाउने कर्मचारी छन् तर थोरै मात्र । त्यस्ता थोरै संख्यामा भित्रिएका पात्रलाई पनि किन जिम्मेवारी दिन प्रोत्साहित गरिँदैन र त्यस्ता पात्रलाई किन संरक्षण गर्न सकिई राखिएको छैन ? त्यस्ता पात्र नेतृत्व तहमा किन पुग्न सकी राखेका छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]