२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

ABC (क्राईमबिट)
सप्तरी । कञ्चनरुप नगरपालिका १२ धर्मपुरमा यो घटना भएको हो । दुष्कर्ममा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका ४० वर्षीय कैलास भनिने टेकराज पोखरेल, २१ वर्षीय दिपेश सुवेदी, २४ वर्षीय सुदीप भुजेल र २२ वर्षीय मनोज विश्वकर्मा रहेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडित बालिका र अभिभावकले लिखित जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय ठेलियाको टोलीले उनीहरूलाई पक्राउ गरिएको छ । सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले उनीहरूविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा म्याद थपका लागि सप्तरी जिल्ला अदालत पठाइएको जानकारी दिए ।

शुक्रबार राति कञ्चनरुप नगरपालिमा बस्ने १७ वर्षीया बालिकाको घरभित्र प्रवेश गरी चारै जनाले बलपूर्वक उठाएर गाउँकै सोमबहादुर मगरको घरमा लगी बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

कैलाशको आदेशमा दिपेश, सुदीप, मनोजले खुकुरी देखाउँदै धम्की दिँदै पालैपालो जबरजस्ती करणी गरी निजको छोरीलाई घरमा पुर्याएको प्रहरीको भनाइ छ । प्रवक्ता सिंहले बालिकाले घटनाबारे ३१ असारमा जानकारी गराएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]