२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

ABC (क्राईमबिट)
सप्तरी । कञ्चनरुप नगरपालिका १२ धर्मपुरमा यो घटना भएको हो । दुष्कर्ममा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका ४० वर्षीय कैलास भनिने टेकराज पोखरेल, २१ वर्षीय दिपेश सुवेदी, २४ वर्षीय सुदीप भुजेल र २२ वर्षीय मनोज विश्वकर्मा रहेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडित बालिका र अभिभावकले लिखित जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय ठेलियाको टोलीले उनीहरूलाई पक्राउ गरिएको छ । सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले उनीहरूविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा म्याद थपका लागि सप्तरी जिल्ला अदालत पठाइएको जानकारी दिए ।

शुक्रबार राति कञ्चनरुप नगरपालिमा बस्ने १७ वर्षीया बालिकाको घरभित्र प्रवेश गरी चारै जनाले बलपूर्वक उठाएर गाउँकै सोमबहादुर मगरको घरमा लगी बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

कैलाशको आदेशमा दिपेश, सुदीप, मनोजले खुकुरी देखाउँदै धम्की दिँदै पालैपालो जबरजस्ती करणी गरी निजको छोरीलाई घरमा पुर्याएको प्रहरीको भनाइ छ । प्रवक्ता सिंहले बालिकाले घटनाबारे ३१ असारमा जानकारी गराएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!