२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

किशोरीलाई प्रयोग गरी अमेरिकाबाट लागूऔषध कारोबार गर्ने युवक पक्राउ

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । पर्साको धोबिनी गाउँपालिका ५ का २७ वर्षीय फैजुल्लाह साहलाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल कार्गो कम्प्लेक्समा आइतबार अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको अवैध लागूऔषध गाँजा २ किलोग्राम लिन गएकी किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा साह पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार किशोरीलाई साहले परिचालन गरी लागूऔषध कारोबार गरेको खुल्न आएको छ ।

‘कक्षा १२ को परीक्षा दिएर बसेकी किशोरी ‘जब सोलुसन एजेन्सी’मा रिसेप्सनको काम गर्थिन् । उनलाई कतैबाट कर्मचारी आवश्यकताको जानकारी आयो, एक जना मान्छेसमेत पठाइदिइन्,’ प्रहरी उपरीक्षक जोशीले भने, ‘केही दिनपछि फेरि त्यही व्यक्तिको फोन आयो र पहिला पठाएको मान्छेले राम्रोसँग काम नगरेको भन्दै ती किशोरी आफैलाई काममा आउन आग्रह गर्‍यो । थोरै तलबमा रिसेप्सनको काम गरिरहेकी किशोरीलाई २० हजार रुपैयाँ तलबको प्रस्ताव आएपछि जान तयार भइन् ।

उनको काम भने विदेशबाट आएको सामान (चकलेट, सजावटका सामान, खेलौना र कपडा) एयरपोर्टको कार्गो कम्प्लेक्सबाट बुझेर ल्याउने मात्र हो । उक्त कामको लागि साहले ती किशोरीको परिचयपत्र बनाउन नागरिकता फोटोकपी मागे र सोहीबमोजिम नागरिकताको फोटोकपी बुझाइन् । पक्राउ परेका साहले ती किशोरीको नागरिकताको फोटोकपी भने भारत हुँदै अमेरिका पठाएको र सोही नाममा अमेरिकाबाट कपडाहरूभित्र लुकाई अवैध लागूऔषध गाँजा मगाएको पाइएको छ । साहले मगाएको लागूऔषध गाँजा लिन कार्गो कम्प्लेक्स गएकी किशोरी गाँजासहित पक्राउ परेपछि घटनाको यथार्थ प्रस्ट भएको प्रहरी उपरीक्षक जोशी बताउँछन् । साहले किशोरीलाई गाँजा रिसिभका लागि २ हजार रुपैयाँ ट्याक्सी भाडा दिएर पठाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!