२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

किशोरीलाई प्रयोग गरी अमेरिकाबाट लागूऔषध कारोबार गर्ने युवक पक्राउ

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । पर्साको धोबिनी गाउँपालिका ५ का २७ वर्षीय फैजुल्लाह साहलाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल कार्गो कम्प्लेक्समा आइतबार अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको अवैध लागूऔषध गाँजा २ किलोग्राम लिन गएकी किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा साह पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार किशोरीलाई साहले परिचालन गरी लागूऔषध कारोबार गरेको खुल्न आएको छ ।

‘कक्षा १२ को परीक्षा दिएर बसेकी किशोरी ‘जब सोलुसन एजेन्सी’मा रिसेप्सनको काम गर्थिन् । उनलाई कतैबाट कर्मचारी आवश्यकताको जानकारी आयो, एक जना मान्छेसमेत पठाइदिइन्,’ प्रहरी उपरीक्षक जोशीले भने, ‘केही दिनपछि फेरि त्यही व्यक्तिको फोन आयो र पहिला पठाएको मान्छेले राम्रोसँग काम नगरेको भन्दै ती किशोरी आफैलाई काममा आउन आग्रह गर्‍यो । थोरै तलबमा रिसेप्सनको काम गरिरहेकी किशोरीलाई २० हजार रुपैयाँ तलबको प्रस्ताव आएपछि जान तयार भइन् ।

उनको काम भने विदेशबाट आएको सामान (चकलेट, सजावटका सामान, खेलौना र कपडा) एयरपोर्टको कार्गो कम्प्लेक्सबाट बुझेर ल्याउने मात्र हो । उक्त कामको लागि साहले ती किशोरीको परिचयपत्र बनाउन नागरिकता फोटोकपी मागे र सोहीबमोजिम नागरिकताको फोटोकपी बुझाइन् । पक्राउ परेका साहले ती किशोरीको नागरिकताको फोटोकपी भने भारत हुँदै अमेरिका पठाएको र सोही नाममा अमेरिकाबाट कपडाहरूभित्र लुकाई अवैध लागूऔषध गाँजा मगाएको पाइएको छ । साहले मगाएको लागूऔषध गाँजा लिन कार्गो कम्प्लेक्स गएकी किशोरी गाँजासहित पक्राउ परेपछि घटनाको यथार्थ प्रस्ट भएको प्रहरी उपरीक्षक जोशी बताउँछन् । साहले किशोरीलाई गाँजा रिसिभका लागि २ हजार रुपैयाँ ट्याक्सी भाडा दिएर पठाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!