०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

सरकारले ४ जना सचिवहरुको सरुवा

Logo
प्रकाशित बिहिबार, साउन ०४, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नवनियुक्त दुईसहित प्रदेशका थप दुई सचिवको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार केही दिन अघि बढुवा भएका सचिव घनश्याम उपाध्यायलाई बागमती प्रदेशको प्रमुख सचिवमा खटाउँदै त्यहाँका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा ल्याएको छ ।

 

यसैगरी सचिव लक्ष्मी विष्टलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाउँदै त्यहाँका प्रमुख सचिव रविलाल पन्थलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गर्ने निर्णय गरेको ती उच्च स्रोतले प्रशासनलाई जानकारी दिए । तर यही बिचमा युवा तथा खेलकुद सचिव सूर्य प्रसाद गौतमलाई राष्ट्रिय तथ्याँक कार्यालय पठाएर त्याहाँ पन्थको हुन सक्ने पनि उत्तिकै सम्भावना रहेको ती स्रोतको भनाई छ । सो क्रममा मिलाउँदै जाँदा अरु दुई–चार जना नै थपिन पनि सक्नेछन् ।

निरौला करिब १७ महिना र पन्थ २० महिनापछि संघमा आउँदै छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

  काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले […]

error: Content is protected !!