२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

सरकारले ४ जना सचिवहरुको सरुवा

Logo
प्रकाशित बिहिबार, साउन ०४, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नवनियुक्त दुईसहित प्रदेशका थप दुई सचिवको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार केही दिन अघि बढुवा भएका सचिव घनश्याम उपाध्यायलाई बागमती प्रदेशको प्रमुख सचिवमा खटाउँदै त्यहाँका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा ल्याएको छ ।

 

यसैगरी सचिव लक्ष्मी विष्टलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाउँदै त्यहाँका प्रमुख सचिव रविलाल पन्थलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गर्ने निर्णय गरेको ती उच्च स्रोतले प्रशासनलाई जानकारी दिए । तर यही बिचमा युवा तथा खेलकुद सचिव सूर्य प्रसाद गौतमलाई राष्ट्रिय तथ्याँक कार्यालय पठाएर त्याहाँ पन्थको हुन सक्ने पनि उत्तिकै सम्भावना रहेको ती स्रोतको भनाई छ । सो क्रममा मिलाउँदै जाँदा अरु दुई–चार जना नै थपिन पनि सक्नेछन् ।

निरौला करिब १७ महिना र पन्थ २० महिनापछि संघमा आउँदै छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!