३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

प्युठानमा घरपलुवा कोदोको रक्सीलाई (ब्राण्ड) बनाइँदै गौमुखी नगरपालिकाले

Logo
प्रकाशित बिहिबार, साउन ०४, २०८०

(ABC-Sanchar)

प्युठान । गौमुखी गाउँपालिकाले ४० युपि अण्डर प्रुफ भन्दा माथिका मदिरा विक्री वितरणमा रोक लगाएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउन १ गतेदेखि त्यस्ता मदिरा पालिकाभित्र विक्री वितरणमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय कोदोको रक्सीलाई ब्राण्ड बनाउने जनाएको छ ।

गाउँ सभाको पन्ध्रौँ अधिवेशनले उक्त निर्णय गरेको गाउँपालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि पनि कदम चालेका छौँ’ उहाँले भन्नुभयो, “साउन १ गतेदेखि नै बजार अनुगमन सुरु गरिसकेका छौँ ।’ सो निर्णयको बारेमा यसअघि नै वडा वडामा प्रचार प्रसार गरिएको समेत उपाध्यक्ष रानाले बताउनुभयो ।

स्थानीय पदमबहादुर केसीले पालिकाले राम्रो निर्णय गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “गाउँमा प्लास्टिकका रक्सीको व्यापक प्रयोग छ” उहाँले भन्नुभयो, “यसले धेरै मानिसको स्वास्थ्यमा असर गरिरहेको छ । यसलाई पूर्णरुपमा रोक्न जिल्लाभरका पालिकाले निर्णय गर्नुपर्छ ।”

गाउँपालिकाले कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने नीति लिएको जनाएको छ । गौमुखी गाउँपालिकाको सबै वडामा प्रशस्त मात्रामा कोदो फल्ने गर्दछ । अहिले कोदोबाट घरेलु मदिरा उत्पादन हुँदै आएकोमा त्यसलाई नयाँ प्रविधिबाट ब्राण्डको रूपमा उत्पादन गर्ने पालिकाको योजना छ । कोदो वार्षिक तीन सय मेट्रिक टन उत्पादन हुने पालिकाको तथ्याङ्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!