२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्युठानमा घरपलुवा कोदोको रक्सीलाई (ब्राण्ड) बनाइँदै गौमुखी नगरपालिकाले

Logo
प्रकाशित बिहिबार, साउन ०४, २०८०

(ABC-Sanchar)

प्युठान । गौमुखी गाउँपालिकाले ४० युपि अण्डर प्रुफ भन्दा माथिका मदिरा विक्री वितरणमा रोक लगाएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउन १ गतेदेखि त्यस्ता मदिरा पालिकाभित्र विक्री वितरणमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय कोदोको रक्सीलाई ब्राण्ड बनाउने जनाएको छ ।

गाउँ सभाको पन्ध्रौँ अधिवेशनले उक्त निर्णय गरेको गाउँपालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि पनि कदम चालेका छौँ’ उहाँले भन्नुभयो, “साउन १ गतेदेखि नै बजार अनुगमन सुरु गरिसकेका छौँ ।’ सो निर्णयको बारेमा यसअघि नै वडा वडामा प्रचार प्रसार गरिएको समेत उपाध्यक्ष रानाले बताउनुभयो ।

स्थानीय पदमबहादुर केसीले पालिकाले राम्रो निर्णय गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “गाउँमा प्लास्टिकका रक्सीको व्यापक प्रयोग छ” उहाँले भन्नुभयो, “यसले धेरै मानिसको स्वास्थ्यमा असर गरिरहेको छ । यसलाई पूर्णरुपमा रोक्न जिल्लाभरका पालिकाले निर्णय गर्नुपर्छ ।”

गाउँपालिकाले कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने नीति लिएको जनाएको छ । गौमुखी गाउँपालिकाको सबै वडामा प्रशस्त मात्रामा कोदो फल्ने गर्दछ । अहिले कोदोबाट घरेलु मदिरा उत्पादन हुँदै आएकोमा त्यसलाई नयाँ प्रविधिबाट ब्राण्डको रूपमा उत्पादन गर्ने पालिकाको योजना छ । कोदो वार्षिक तीन सय मेट्रिक टन उत्पादन हुने पालिकाको तथ्याङ्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!