२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

नेपाल प्रहरी १२० जना लेखापालहरूको सरुवा सई १०० जना र असई २० जना

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरका अनुसार १२० जना लेखापालको सरुवा निकालिएको हो।

‘सई १०० जना र असई २० जनाको सरुवा निक्लिएको छ नेपाल प्रहरीले सरुवा भएकाहरूको सूची भने आफ्नो वेभसाइटमा सार्वजनिक गरेको छैन। सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ।

लेखापालको पदावधि ८ वर्षबाट घटाएर ६ वर्ष झार्ने निर्णय भएसँगै सरुवा पनि निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका तत्कालीन आईजीपी धीरजप्रताप सिंहले २०७९ असारमा लेखापालको ६ वर्षे पदावधिलाई बढाएर ८ वर्ष बनाएका थिए।

तर अहिलेका आईजीपी बसन्तबहादुर कुँवरले फेरि ६ वर्षमै झारेका हुन्। तालिम लिएर पनि लेखापाल बन्न नपाएकाहरूलाई पनि मौका दिनका लागि समय घटाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीभित्र लेखापालको दरबन्दी ५११ वटा युनिटमा छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!