२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीमा लेखापालको पदावधि : सिंहले ८ वर्ष बनाए कुँवरले ६ वर्षमै झारे

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

ABC (क्राईमबिट)

काठमाडौँ । नेपाल प्रहरीका लेखापालको ८ वर्षे पदावधि घटाएर ६ वर्षमा झार्ने निर्णय गरिएको छ। नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय नीति समन्वय समितिले हाल कायम रहेको ८ वर्षे पदावधिलाई घटाउने निर्णय गरेको हो।

नेपाल प्रहरीका तत्कालीन आईजीपी धिरजप्रताप सिंहले ०७९ असार २७ गते ६ वर्ष नै रहेको पदावधिलाई बढाएर ८ वर्ष बनाएका थिए। तर, अहिलेका आईजीपी बसन्तबहादुर कुँवरले भने पुन:६ वर्षमै झारिदिएका हुन्।

समितिको निर्णयअनुसार आईजीपी कुँवरले उक्त निर्णय कार्यान्वनका लागि मातहतका सबै तहमा सर्कुलर गरिसकेका छन्।

तालिम लिएर लेखापाल बन्न नपाएकाहरूलाई पनि अवसर दिनका लागि पदावधि ६ वर्षमै झारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘लेखाबारे तालिम लिएर बसेकाहरूले अवसर नै नपाउने अवस्था आएपछि फेरि ६ वर्षमै झारिएको हो,’ प्रहरी प्रवक्ता कुवेर कडायतले भने।

नेपाल प्रहरीभित्र लेखापालको दरबन्दी ५११ वटा युनिटमा छ। यो युनिटमा उच्चपदस्थहरूले आफूनिकटका व्यक्तिलाई लैजान प्रयास गर्छन्। त्यसो त गृहमन्त्रालयले पनि यसमा चासो देखाउँछ। यसपटक पनि लेखाको तालिम लिएर पनि जिम्मेबारी नपाएका अधिकृतहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष यसबारे ध्यानाकर्षण गराएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!