२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

दाङको तुलसीपुरमा ११ वर्षिया बालिका बलात्कृत आरोपित फरार प्रहरीको खोजी जारी

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

ABC (क्राईमबिट)

दाङ । तुलसीपुर उपमहानगरपालिका ११ बाघखोली निवासी ११ वर्षिया बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

बालिकालाई बलात्कृत गर्ने सोही ठाउँ निवासी २८ वर्षिय सुनिल विक रहेको प्रहरीले बताएको छ । यो घटना साउन २ गते घटे पनि पिडीत बालिका स्वास्थ्य चौकीमा चेकजाँच गराउन गएपछि मात्रै ४ गते (बिहीबार) बेलुका ७ बजेतिर बाहिरीएको हो ।

घरमा बुवाआमा नभएको मौका छोपेर बलात्कार गरेको पिडित बालिकाले बयान दिएको प्रहरीले जनाएको छ । अहिले बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

त्यस्तै घटना घटेको केही दिन भैसकेकोले आरोपित विक फरार रहेको प्रहरीले जनाएको छ । आरोपित विकको खोजीकार्य जारी रहेको दाङ प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!