०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

दाङमा सर्पको टोकाइबाट ५० वर्षिय वृद्धाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

 

(ABC-Sanchar)

दाङ । शुक्रबार दिउँसो करिब १ बजेको समयमा शान्तिनगर गाउँपालिका-३ बस्तीखोला निवासी अन्दाजी ५० वर्षिया दल बहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

घरको ढोकाबाट बाहिर निस्किने क्रममा नाम नखुलेको सर्पले उनलाई टोकेको थियो । घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा करिब ३ बजेतिर मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

घर्तीको शवलाई पोष्टमार्टका लागि सोही अस्पतालको शव गृहमा राखिएको छ । घर्ती घरमा एक्लै बस्दै आएका थिए । उनका छोराबुहारी वैदेशिक रोजगारको शिलशिलामा बाहिर बस्दै आएको प्रहरीले जनाएको छ ।

उनको श्रीमतीको भने पहिले नै मृत्यु भैसकेको थियो । घर्तीलाई उपचारका लागि उनका मित छोरा रेशम घर्तीले अस्पताल ल्याएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

  काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले […]

error: Content is protected !!