०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

दाङमा सर्पको टोकाइबाट ५० वर्षिय वृद्धाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

 

(ABC-Sanchar)

दाङ । शुक्रबार दिउँसो करिब १ बजेको समयमा शान्तिनगर गाउँपालिका-३ बस्तीखोला निवासी अन्दाजी ५० वर्षिया दल बहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

घरको ढोकाबाट बाहिर निस्किने क्रममा नाम नखुलेको सर्पले उनलाई टोकेको थियो । घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा करिब ३ बजेतिर मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

घर्तीको शवलाई पोष्टमार्टका लागि सोही अस्पतालको शव गृहमा राखिएको छ । घर्ती घरमा एक्लै बस्दै आएका थिए । उनका छोराबुहारी वैदेशिक रोजगारको शिलशिलामा बाहिर बस्दै आएको प्रहरीले जनाएको छ ।

उनको श्रीमतीको भने पहिले नै मृत्यु भैसकेको थियो । घर्तीलाई उपचारका लागि उनका मित छोरा रेशम घर्तीले अस्पताल ल्याएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!