२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

प्रहरीको कडा स्कर्टिङमा १ सय ५० वटा फोहोर बोकेका गाडीहरु बन्चरेडाँडामा विसर्जन

Logo
प्रकाशित शुक्रबार, साउन ०५, २०८०

(ABC-Sanchar)

नुवाकोट । सुरक्षाकर्मी परिचालन गरेर पाँच दिनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाटै फोहोर बोकेका १ सय ५० वटा गाडीलाई स्कर्टिङ गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले बन्चरेडाँडा पुर्‍याइरहेका छन् ।

टोलीले सुरक्षा दिएर फोहोर फाल्न लागिएको र त्यसको सबै व्यवस्थापन काठमाडौंबाट भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नेपाल प्रहरी र सशस्त्रसहित पौने दुई सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरुले स्कर्टिङ गरेर बन्चरेडाँडा ल्याडफिल्ड साइटमा फोहोर फाल्न लागिएको हो ।
फोहोर र मान्छे छुट्याउनुपर्ने भन्दै ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका स्थानीयले संयुक्तरुपमा ५ दिनदेखि आन्दोलन जारी राखेका छन् । आन्दोलनकारीले उपत्यकाबाट प्रवेश गर्ने फोहोर बोक्ने गाडीलाई बन्चरेडाँडा ल्यान्डफिल साइटमा जान रोक लगाउँदै आएका थिए । २०६२/०६३ सालमा केही वर्षका लागि उपत्यकाकाको फोहार ओखरपौवाको सिसडोलमा बिसर्जन गरिएको थियो । त्यहाँ भरिएपछि डेढ किमि तल नयाँ ल्यान्डफिल साइट बन्चरेडाँडामा निर्माण गरेर केही वर्षदेखि फोहोर बिसर्जन हुँदै आएको छ ।

बन्चरेडाँडामा दैनिक १ सय ८० ट्रकमार्फत फोहोर फाल्ने गरिएको छ । काठमाडौं महानरपालिकासहित १७ वटा स्थानीय तहबाट निस्केका १०–१२ टन फोहोर दैनिकरुपमा बन्चरेडाँडामा फालिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!