०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

सुर्खेतमा युवतीलाई एसिड प्रहार गर्ने एकजना पक्राउ

Logo
प्रकाशित शनिबार, साउन ०६, २०८०

ABC (क्राईमबिट)

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर–१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो।

बेलुका पाँच बजेतिर विनपा–१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका १० की अन्दाजी १७ वर्षकी सोविता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए।

‘उक्त एसिड युवतीलाई हान्न खोजिएपछि निजलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेर घाइते भएका छन्, घाइतेको उपचार भइरहेको छ,’ डिएसपी शाहीले भने, ‘प्रत्यक्षदर्शीले जानकारी गराएपछि प्रहरी चौकी बांगेसीमलबाट गएको टोलीले पौने ६ बजे एक जना युवकलाई पक्राउ गरेको छ।’

उनका अनुसार एसिड प्रहार गर्ने पक्षमा अर्का युवा पनि थिए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।