०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

बिरगंजमा खानेपानीको हाहाकार ३ घण्टा संघर्षपछि बल्लतल्ल ५ लिटर खानेपानी जोहो

Logo
प्रकाशित शनिबार, साउन ०६, २०८०


(ABC-Sanchar)
पर्सा । वीरगञ्ज महानगरपालिका १२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको संघर्षपछि बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके।

खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्केका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा चाहार्दै झन्डै पाँच किलोमिटर पैदल यात्रा गरेर बिहान ७ बजेसम्ममा बल्लतल्ल पाँच लिटर खानेपानी जम्मा पार्न सके।

‘लामो समयदेखि वर्षा नभएर घरमा जडान गरिएका ट्युबवेल सुकेर पानी आउनै छाडेको छ’, साह भन्छन्, ‘त्यसैले पानीको जोहो गर्न खाली जार बोकेर बिहानै ४ बजे घरबाट निस्के तर सडकछेउका अधिकांश ट्युबवेल सुकिसकेकाले थोरैथोरै पानी जम्मा गर्दैगर्दै घन्टाघरसम्ममा पाँच/छ लिटर पानी जोहो गर्न सकियो, जोहो गरिएको पानीले अहिले तत्काल केहीबेरका लागि त समस्या टर्‍यो, तर दिनभरि कसरी चलाउने भन्ने चिन्तामा छौं।’

आफ्नो पाँच जनाको परिवारलाई दैनिक कम्तीमा एक सयदेखि एक सय ५० लिटर पानी चाहिने उनी सुनाउँछन्। उनी भन्छन्, ‘संघर्ष गरेर जोहो गरिएको पाँच/छ लिटर पानीले खाना पकाउन त सकिन्छ तर के पिउने, भाँडा केले धुने र कसरी नुहाउने भन्ने समस्यामा छौं।’

बिहानै ५ बजे उठेर नुहाइधुवाइ गरेर नियमित पूजाआजा गरी मात्र दैनिक काममा निस्किने वीरगञ्ज-६ का राजेश गुप्ता पानी अभावमा ननुहाएको चार दिन भइसक्यो। ‘घरमा खानेपानीका लागि जडान गरिएको ट्युबवेलबाट पानी आउनै छाडिएको छ’, मिनाबजारमा पसल सञ्चालन गर्दै आएका गुप्ता भन्छन्,‘घरको ट्युबवेल सुकेर पानी आउन छाडेकाले छिमेकीको घरमा जडान भएको खानेपानी धाराबाट पानी ल्याएर पिउने गरेका छौं।’

पर्याप्त पानी नभएकाले तीन/चार दिनदेखि नुहाउन नपाएको उनको दुखेसो छ। परिवारका १० सदस्यका लागि दैनिक खाना पकाउने वीरगञ्ज-१४ भिस्वाका सुमित्रादेवीलाई घरमा खानेपानी नहुँदा समस्या भएको छ।

आएका छौं’, उनी भन्छन्,‘महानगरभित्र खानेपानीको माग धेरै छ, हामीसँग पानी वितरण गर्ने ट्यांकर थोरै छ, भ्याएसम्म वडावडामा ट्यांकर पुगेर पानी बाँड्दै आएको छ।’

यसबाहेक खानेपानीको समस्या समाधानका लागि खानेपानी संस्थान र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग पनि समन्वय भइरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ।

खानेपानीको समस्या दृष्टिगत गरी महानगरपालिकाले अनधिकृत रूपमा डिप बोरिङ जडान कार्य बन्द गर्न सूचना जारी गरेको छ।

‘पछिल्लो समय स्थानीयले अनधिकृत रूपमा डिपबोरिङ जडान गरिरहेको पाइएको छ’, उनी भन्छन्,‘लामो समयदेखि वर्षा नभएर जमिनमुनि पानीको सतह घट्दै गएको छ, यस्तो अवस्थामा जथाभावी डिप बोरिङ जडान गरिए अझ खानेपानीको समस्या बढ्न सक्छ, त्यसैले यस्तो नगर्न सूचना जारी गरेका छौं।’

अनुमतिविना जथाभावी रूपमा डिपबोरिङ जडान गर्ने कार्य भएको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुवै पक्षलाई कारबाही गरिने उनको भनाइ छ।

नेपाल खानेपानी संस्थानका प्रमुख ई निरन महर्जनले वीरगञ्ज महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्या मध्यनजर गरी महानगरका हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजना बनाइएको बताए।

‘हरेक वडामा सार्वजनिक धारा जडानका लागि महानगरपालिकासँग सम्झौता भएको छ’, प्रमुख महर्जनले भने, ‘यो सम्झौता अनुसार वडावडामा सार्वजनिक धारा जडानका लागि उपभोक्ता समिति गठन लगायतका प्रक्रिया सुरु गरिसकेका छौं।’ छिट्टै त्यो कार्य गर्छाैं र खानेपानी पुर्‍याउँछौं’, उनले भने।

वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिन यता चापाकल सुकेर खानेपानीको समस्या भएपछि केही पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका थिए।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक समेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगञ्जमा निम्तिएको खानेपानीको भयावह स्थितिबारे ध्यानाकर्षण गराएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

  काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले […]

error: Content is protected !!