२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

बिरगंजमा खानेपानीको हाहाकार ३ घण्टा संघर्षपछि बल्लतल्ल ५ लिटर खानेपानी जोहो

Logo
प्रकाशित शनिबार, साउन ०६, २०८०


(ABC-Sanchar)
पर्सा । वीरगञ्ज महानगरपालिका १२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको संघर्षपछि बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके।

खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्केका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा चाहार्दै झन्डै पाँच किलोमिटर पैदल यात्रा गरेर बिहान ७ बजेसम्ममा बल्लतल्ल पाँच लिटर खानेपानी जम्मा पार्न सके।

‘लामो समयदेखि वर्षा नभएर घरमा जडान गरिएका ट्युबवेल सुकेर पानी आउनै छाडेको छ’, साह भन्छन्, ‘त्यसैले पानीको जोहो गर्न खाली जार बोकेर बिहानै ४ बजे घरबाट निस्के तर सडकछेउका अधिकांश ट्युबवेल सुकिसकेकाले थोरैथोरै पानी जम्मा गर्दैगर्दै घन्टाघरसम्ममा पाँच/छ लिटर पानी जोहो गर्न सकियो, जोहो गरिएको पानीले अहिले तत्काल केहीबेरका लागि त समस्या टर्‍यो, तर दिनभरि कसरी चलाउने भन्ने चिन्तामा छौं।’

आफ्नो पाँच जनाको परिवारलाई दैनिक कम्तीमा एक सयदेखि एक सय ५० लिटर पानी चाहिने उनी सुनाउँछन्। उनी भन्छन्, ‘संघर्ष गरेर जोहो गरिएको पाँच/छ लिटर पानीले खाना पकाउन त सकिन्छ तर के पिउने, भाँडा केले धुने र कसरी नुहाउने भन्ने समस्यामा छौं।’

बिहानै ५ बजे उठेर नुहाइधुवाइ गरेर नियमित पूजाआजा गरी मात्र दैनिक काममा निस्किने वीरगञ्ज-६ का राजेश गुप्ता पानी अभावमा ननुहाएको चार दिन भइसक्यो। ‘घरमा खानेपानीका लागि जडान गरिएको ट्युबवेलबाट पानी आउनै छाडिएको छ’, मिनाबजारमा पसल सञ्चालन गर्दै आएका गुप्ता भन्छन्,‘घरको ट्युबवेल सुकेर पानी आउन छाडेकाले छिमेकीको घरमा जडान भएको खानेपानी धाराबाट पानी ल्याएर पिउने गरेका छौं।’

पर्याप्त पानी नभएकाले तीन/चार दिनदेखि नुहाउन नपाएको उनको दुखेसो छ। परिवारका १० सदस्यका लागि दैनिक खाना पकाउने वीरगञ्ज-१४ भिस्वाका सुमित्रादेवीलाई घरमा खानेपानी नहुँदा समस्या भएको छ।

आएका छौं’, उनी भन्छन्,‘महानगरभित्र खानेपानीको माग धेरै छ, हामीसँग पानी वितरण गर्ने ट्यांकर थोरै छ, भ्याएसम्म वडावडामा ट्यांकर पुगेर पानी बाँड्दै आएको छ।’

यसबाहेक खानेपानीको समस्या समाधानका लागि खानेपानी संस्थान र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग पनि समन्वय भइरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ।

खानेपानीको समस्या दृष्टिगत गरी महानगरपालिकाले अनधिकृत रूपमा डिप बोरिङ जडान कार्य बन्द गर्न सूचना जारी गरेको छ।

‘पछिल्लो समय स्थानीयले अनधिकृत रूपमा डिपबोरिङ जडान गरिरहेको पाइएको छ’, उनी भन्छन्,‘लामो समयदेखि वर्षा नभएर जमिनमुनि पानीको सतह घट्दै गएको छ, यस्तो अवस्थामा जथाभावी डिप बोरिङ जडान गरिए अझ खानेपानीको समस्या बढ्न सक्छ, त्यसैले यस्तो नगर्न सूचना जारी गरेका छौं।’

अनुमतिविना जथाभावी रूपमा डिपबोरिङ जडान गर्ने कार्य भएको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुवै पक्षलाई कारबाही गरिने उनको भनाइ छ।

नेपाल खानेपानी संस्थानका प्रमुख ई निरन महर्जनले वीरगञ्ज महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्या मध्यनजर गरी महानगरका हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजना बनाइएको बताए।

‘हरेक वडामा सार्वजनिक धारा जडानका लागि महानगरपालिकासँग सम्झौता भएको छ’, प्रमुख महर्जनले भने, ‘यो सम्झौता अनुसार वडावडामा सार्वजनिक धारा जडानका लागि उपभोक्ता समिति गठन लगायतका प्रक्रिया सुरु गरिसकेका छौं।’ छिट्टै त्यो कार्य गर्छाैं र खानेपानी पुर्‍याउँछौं’, उनले भने।

वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिन यता चापाकल सुकेर खानेपानीको समस्या भएपछि केही पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका थिए।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक समेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगञ्जमा निम्तिएको खानेपानीको भयावह स्थितिबारे ध्यानाकर्षण गराएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!