२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

पश्चिम बङ्गालमा दुई महिलालाई निर्वस्त्र पारियो भाइरल भएपछि तनावग्रस्त क्षेत्र

Logo
प्रकाशित शनिबार, साउन ०६, २०८०

(ABC-Sanchar)

काठमाडौं । मणिपुरमा दुई महिलाको यौन दुर्व्यवहारको भाइरल भिडियोको मामिला अझै शान्त भएको छैन कि अहिले पश्चिम बंगालको मालदाबाट यस्तै एउटा भिडियो सार्वजनिक भएको छ ।

यहाँ भीडले दुई महिलालाई कुटपिट गरी लुगा च्यातेको छ । यो घटना मालदाको बामंगोला पुलिस स्टेशनको पाकुआ हाट क्षेत्रमा भएको हो।

पीडित दुवै आदिवासी महिला हुन् । भाजपा नेता अमित मालवीयले यसको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनीहरूलाई कुटपिट गरी लुगा फुकाल्दा प्रहरी मूकदर्शक बनेर बसेको उनको आरोप छ ।

स्थानीयवासीबाट प्राप्त जानकारीका अनुसार पीडित दुबै जना मंगलबार सो क्षेत्रमा रहेको साप्ताहिक बजार (हाट) गएका थिए । त्यही क्रममा बजारका अन्य महिलाले उनीहरूमाथि चोरीको आरोप लगाएर झगडा गर्न थाले ।

यो देखेर बजारमा उपस्थित अन्य महिलाहरु आक्रोशित बने र दुबैलाई चप्पलले कुटपिट गर्न थाले । भीडले दुबैको लुगा च्यातेर नग्न बनाए ।

घटनामा त्यहाँ उपस्थित प्रहरी मौन दर्शक बनेको आरोप छ । उनीहरूले महिलाहरूलाई भीडबाट बचाउने प्रयास गरेनन्। ती दुवै महिला माणिकचक क्षेत्रका बासिन्दा हुन् ।

राज्य बीजेपी अध्यक्ष सुकान्त मजुमदारले पनि आफ्नो ट्विटर ह्यान्डलमा घटनाको भिडियो साझा गर्दै राज्य सरकार र विपक्षी गठबन्धनको आलोचना गरेका छन् ।

उनले लेखेका छन् बङ्गालमा आदिवासी महिलाहरुसँगको अर्को डरलाग्दो घटना । माल्दामा दुई आदिवासी महिलालाई नग्न पारेर निर्ममतापूर्वक कुटपिट गरियो तर दीदी चुपचाप छिन् । भारत किन निन्दा गर्दैन ?

अर्कोतर्फ, राज्य महिला र बाल कल्याण मन्त्री र टीएमसी नेता शशी पन्जाले माल्दा घटनालाई राजनीतिकरण गरेकोमा बीजेपीको आलोचना गरिन्।

पञ्जाले भनिन्, “माल्दा घटनालाई राजनीतिकरण गर्न आवश्यक छैन। यो चोरीको घटना हो। दुई महिलाले बजारबाट केही सामान चोर्न खोजेका थिए। महिलाहरूको एउटा समूहले कानूनलाई हातमा लिएर कुटपिट गर्न थाले। प्रहरीले घटनाको सम्बन्धमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!