०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

जनकपुरको रेल्वे स्टेशनमा १ महिलाको लुटियो २ लाख ७० हजार रुपैयाँ

Logo
प्रकाशित सोमबार, साउन ०८, २०८०

 

(ABC-Sanchar)

जनकपुरधाम । जनकपुर रेल्वे स्टेशनमा एक महिलाबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको घटना सार्वजनिक भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिता कुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको घटना सार्वजनिक भएको हो ।

रेलमा चढ्नैबित्तिकै उनले बोकेको ह्याण्ड ब्याग गायब भएको र त्यसमा २ लाख ७० हजार रुपैयाँ रहेको दाबी गरिएको छ ।

जनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसाा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् ।

उनका श्रीमान सञ्जु यादव खाडी मुलुकमा छन् । गाउँमा सुनिताले जग्गा खरिद गरेकी थिइन् । जग्गाधनीलाई दिन भनी बैंकबाट निकालिएको रुपैयाँ घर लग्ने क्रममा लुटिएको उनले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

  काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले […]

error: Content is protected !!