०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

दाङमा प्रहरीले वेवारीसे अवस्थामा रहेको चितुवाको छाला बरामद

Logo
प्रकाशित सोमबार, साउन ०८, २०८०

 

ABC (क्राईमबिट)

दाङ । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–५ जमुनिवासको जंगलमा वेवारीसे अवस्थामा चितुवाको छाला बरामद गरेको हो ।

हरियो रंगको प्लास्टिकको झोला वेवारीसे अवस्थामा प्रहरीले बरामद गरेको थियो । झोला जाँच गर्ने क्रममा चितुवाको छाला फेला परेको प्रहरी प्रमुख वलीले बताइन् । पुच्छरदेखी टाउकोसम्म ७ फिट ४ ईच्छको छाला बरामद गरिएको हो ।

बरामद गरिएको छाला निकासीको लागी त्यहाँ राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । छाला ओसारपसारमा संलग्नहरुको पहिचान नभएपनी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

  काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले […]

error: Content is protected !!