२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

बिरगंजमा खानेपानीको हाहाकार भएपछी दैनीक ३ सय भन्दा बढी घरलाई पानी वितरण गर्दै

Logo
प्रकाशित मंगलबार, साउन ०९, २०८०

(ABC-Sanchar)

पर्सा । बिरगंज खाने पानीको हाहाकार भएपछी वीरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलमले दैनिक ३०० सयभन्दा बढि घरलाई आफ्नै घरबाट पानी सहयोग गर्दै आएका छन्।

अहिले पानीको हाहाकार भइरहेको बेला बिरगंज महानगरपालिका विभिन्न वडाहरु का स्थानीय वासी लाई बिरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलमले आफनो घरबाट अहिले दैनिक रुपमा ३०० भन्दा बढि घरलाई खाने पानी सहयोग गरिदै आएका छन्।

तराइको धेरै ठाउँमा पानीको मुहान सुक्न थाले पछि वीरगंजमा पनि यसको असर धेरै नै परेको छ।अहिले पानीको अभावलाई कम गर्न उप-प्रमुख आलमले दिनरात काम गरिरहेका छ्न । पानीको समस्यालाई लिएर दिनरात जनताहरु ले फोनबाट दुखोस गर्न थाले पछि पानी ब्यवस्थापनका लागि उनले वीरगंज महानगरपालिका अन्तरगत रहेको दमकलहरु लाई समस्या भएको ठाउमा पठाउने गरेका छ्न ।

चापाकल सुकेर पिउने पानीको समस्या भएका वडाहरूमा अहिले उनले दुई महीनादेखि ट्यांकरबाट पिउने पानी उपलब्ध गराउँदै आएको बताए । पिउने पानीको समस्या भएका वडाहरूबाट माग भए अनुसार ट्यांकरबाट पानी उपलब्ध गराउँदै आएको बताए।

वर्षा नभएको र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चापकलहरूमा पानी आउन छोडेपछि हरेक वडाका स्थानीय धेरै नै पीडित भएका छन। हरेक वडा कार्यलयबाट पानीको लागि सेवाग्राही सिफारिस गराउन आएको तथा हरेक सेवाग्राही को समस्या सुनेर कसरी समाधान गर्न सकिन छ भनेर उप-प्रमुख आलमले दिनरात बिचार बिमर्श लिएर काम गरिरहेका छ्न ।

उनको सचिवालयले पनि पानीको समस्यालाई लिएर आउने सेवाग्राहीलाई आफै वीरगंज महानगरपालिका खानेपानी अन्तरगत रहेका शाखाहरु मा गइ सिफारिस लगायत कामहरु छिटो भन्दा छिटो गराइ रहेका छ्न जसले गर्दा खानेपानी समय मै उपलब्ध होस ।

आफ्नो महानगरपालिका भित्रका कोइ पनि जनतालाई खानेपानीको अभाव हुन नदिने आफु लागि परेको उप-प्रमुखले बताए।दिन प्रती दिन बढ्दो गर्मीको कारण जमिन मुनिको पानीको सतह घट्दै गइरहेको तथा यसलाइ रोक्न सम्पुर्ण वडाका जनता सचेत हुन समेत उनले आग्रह गरे। यसका लागि बृक्षारोपन गर्न आवश्यक रहेको बताए। उनी समाजको बिकाशका लागि परेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!