०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

सशस्त्र प्रहरीमाथि ढुंगामुडा र कुटपिट गर्ने एक जना पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन ०९, २०८०


ABC (क्राईमबिट)
झापा । गाउँपालिका-१ स्थित रसुनगन्ज निवासी जितेन यादव रहेका छन्। घटनामा संलग्न मुख्य योजनाकार चन्द्रमोहन यादवसहित तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

डियुटीमा खटिएका सशस्त्र प्रहरी चढेको गाडीलाई लक्षित गरी यादवसहित चार जनाको समूहले करिब एक महिनाअघि ढुंगामुडा गर्दै हातहतियार खोस्ने प्रयास गरेका थिए।

त्यसपछि सशस्त्रले उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा यादवलाई शनिबार पक्राउ गरेको र चन्द्रमोहन लगायत तीन जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

प्रहरीले यादवविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाका बारेमा थप अनुसन्धान गरिरहेको डीएसपी रिजालले बताए।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट टाघनडुब्बाले झापा-१ रसुनगन्जस्थित नेपाल भारत सीमा नजिकबाट गत असार ३० गते अन्दाजी राती ८ बजेको समयमा भारत लैजाँदै गरेको १६८ बोतल मदिरा बरामद गरेको थियो।

सो मदिरा स्थानीय चन्द्रमोहनले मे २ प ७७६६ नम्बरको मोटरसाइकलमा हालेर भारततर्फ लगिरहेका थिए।

सशस्त्रले मदिरा बरामद गरेपछि चन्द्रमोहनले घरका अन्य सदस्यहरूलाई घटनास्थलमा बोलाएर सशस्त्र चढेको गाडीमा ढुंगामुडा गरेका थिए।

गाडी रोकेपछि उनीहरूले सशस्त्रमाथि अभद्र व्यवहार गर्दै हातहतियार समेत खोस्ने प्रयास गरेका थिए। सोही क्रममा दुवै पक्षबीच विवाद भएको थियो।

यो घटना घटेको केही समय पनि चन्द्रमोहनले झापा बजारबाट मोटरसाइकलमा मदिरा बोकेर लसुनातर्फ जाँदै गर्दा बाटोमै सशस्त्र प्रहरीले उनलाई छेक्न खोजेका थिए।

सशस्त्र देखेपछि चन्द्रमोहन झापा बजारतर्फ भागेका थिए। सशस्त्रले उनलाई पछ्याउने क्रममा स्थानीय व्यवसायी र सशस्त्र प्रहरीबीच विवाद समेत भएको थियो।

सोही विवादमा स्थानीय व्यापारीले एक दिन झापा बजार समेत बन्द गरेका थिए। भारतको बिहार राज्यमा मदिरा पूर्ण रुपमा प्रतिबन्ध छ। त्यसैले झापाका विभिन्न नाकाबाट मदिरा जन्य पदार्थ चोरी तस्करीको माध्यमबाट विहार लगिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!